पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव « Khabarhub

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गरेको इटालेली सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।

‘मैले आङ सान सु कीको रिहाइको माग गरेँ र रोममा उनको छोरालाई भेटेँ, मैले उनलाई हाम्रो क्षेत्रमा शरण दिनका लागि भ्याटिकनलाई प्रस्ताव गरेको छु’, पोपले यसै महिनाको सुरुमा एसियाको भ्रमणका क्रममा जेसुइट (रोयल क्याथोलिक समाजका सदस्य) हरूसँगको बैठकको विवरणअनुसार भने । 

कोरिएरे डेला सेरा दैनिकले प्रकाशित गरेको इटालेली पादरी एन्टोनियो स्पाडारको लेखमा सेप्टेम्बर २ देखि सेप्टेम्बर १३ सम्म इन्डोनेसिया, पूर्वी टिमोर र सिङ्गापुरमा भएका यी निजी बैठकहरूका अंश दिइएको छ ।

‘हामी म्यान्माको अवस्थाबारे चुप लागेर बस्न सक्दैनौँ, हामीले केही गर्नुपर्छ’, पोपले भने, ‘तपाईंको देशको भविष्य शान्तिपूर्ण हुनुपर्छ, सबैको मर्यादा र अधिकारको सम्मान तथा सामान्य हितमा योगदान दिन सबैलाई सक्षम बनाउने लोकतान्त्रिक प्रणालीको सम्मानमा आधारित हुनुपर्छ ।’

भ्रष्टाचारदेखि कोभिड महामारी प्रतिबन्धको सम्मान नगरेको जस्ता आरोपहरूमा ७८ वर्षीया सुकीले २७ वर्षको जेल सजाय भोग्दै छिन् । 

सन् २०१५ मा उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले म्यान्माको २५ वर्षपछि भएको पहिलो लोकतान्त्रिक निर्वाचन जितेको थियो । सन् २०२१ मा सैन्य कू हुँदा उनलाई पक्राउ गरिएको थियो र स्थानीय सञ्चारमाध्यमका अनुसार हिरासतमा उनी स्वास्थ्य समस्याबाट पीडित छिन्। 

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई कुनै समय मानवाधिकारको प्रतीकका रूपमा प्रशंसा गरिन्थ्यो । तर सन् २०१७ मा मुलुकको मुख्य रूपमा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाको दमन रोक्न केही नगरेको आरोप लागेपछि उनी अन्तर्राष्ट्रिय समर्थकहरूको नजरमा बदनाम भइन् ।

छिमेकी मुलुक बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीहरूका अनुसार यो दमन संयुक्त राष्ट्रसङ्घको चलिरहेको नरसंहारको विषय हो र उत्पीडन अहिले पनि जारी छ । 

    

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : २६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक