बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना « Khabarhub

बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेलमा २ गोललेपछि परेको सेल्टा भिगोले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको छ। स्पेनिस ला लिगाको तालिकामा १४ खेलमा ३४ अङ्कसहित शीर्ष स्थानमा रहेको बार्सिलोना गएराति भएको खेलमा बराबरीमा रोकिएको हो।

शनिबार भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाका लागि १५ औँ मिनेटमा राफिन्हा तथा ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरेका थिए।

जवाफमा सेल्टा भिगोका लागि ८४ औँ मिनेटमा अल्फान गोल्जालेज तथा ८६ औँ मिनेटमा हुँगो अल्भारेजले गोल गरेका थिए। गोन्जालेलको गोल गर्नु दुई मिनेट अघि मात्र मार्क कासाडोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।

शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ४-२ ले, एट्लेटिको म्याड्रिडले डेपोर्टिभो ला अल्भासलाई २-१ ले, गिरोनाले इस्पानियोललाई ४-१ ले तथा तथा मालोर्काले लास पल्मासलाई ३-२ ले हराएका छन्।

स्पेनिस ला लिगाको तालिकामा बार्सिलोना पहिलो स्थानमा हुँदा एट्लेटिको म्याड्रिड २९ अङ्कसहित दोस्रो स्थानमा छ। रियल म्याड्रिड १२ खेलमा २७ अङ्क सहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ३४ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग