आजका समाचार : स:शुल्क खुल्यो धरहरा, एकै दिन लम्बियो रवि र दुर्गाको हिरासत बास, गुगल म्यापको भरपर्दा कार दुर्घटना | Khabarhub Khabarhub

आजका समाचार : स:शुल्क खुल्यो धरहरा, एकै दिन लम्बियो रवि र दुर्गाको हिरासत बास, गुगल म्यापको भरपर्दा कार दुर्घटना


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा विभिन्न २४ वटा राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढीपहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुअब्जा विवाद, कानुनी मुद्दा जस्ता समस्या देखिएका छन्।

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

चौबीस घण्टाभित्र भाडादर बुझाउन वायुसेवा कम्पनीहरूलाई पर्यटनमन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्।

हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरूलाई उच्चतम् मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न निर्देशन दिएका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख

स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ : उद्योगमन्त्री भण्डारी

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, मन्त्रिपरिषद्‍‍मा पुग्यो विधेयक

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतीपछि प्रहरी विधयेक मन्त्रिपरिषद्‍मा पेस गरेको हो।

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा पाँच महिनामै राजीनामा

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

मुख्यमन्त्री कार्की भन्छन्- अनावश्यक संरचना कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्छ

नगर विकास कोषको कार्यकारी निर्देशकमा पण्डित नियुक्त

जिप्रका पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन : हाई प्रोफाइलका नेताको परीक्षा

एमालेले बुझेन महानगरको पत्र , फर्कियो भ्यानसहित पुगेको नगर प्रहरी टोली

यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ ।

भ्यानसहित पुगेको महानगरीय प्रहरीको टोलीले आइतबार दिउँसो एमालेको च्यासलस्थित कार्यालयमा एक लाख रुपैयाँ जरिवानाबारेको पत्र बुझाउन खोजेको थियो । तर एमाले केन्द्रीय कार्यालयमा रहेका प्रतिनिधिहरूले पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनीकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खुल्यो धरहरा : प्रतिव्यक्ति २ सय तिरेर चढ्न पाइने

काठमाडौंको सुन्धरास्थित धरहरा आइतबारबाट स:शुल्क खुला गरिएको छ ।

केही समयअघि नि:शुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था थियो । तर आइतबारबाट स:शुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा खुलेपछि चढ्न झुम्मिए सर्वसाधारण (तस्बिरहरू)

काठमाडौंका प्रजिअ आचार्यको जागिर धरापमा

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको जागिर धरापमा परेको छ।

उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाको पूर्णपाठ आएसँगै पद जाने निश्चित भएको हो।

न्यायाधीशसमक्ष रविको आग्रह : म भागेर कहीँ जान्न, हिरासतबाट छाडिदिनुस्

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई हिरासतबाहिर रहेर मुद्दा लड्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासबाट आइतबार म्याद थपका लागि भएको थुनछेकको बहसका क्रममा उनले आफू भागेर कहीँ नजाने बरु सहकारीपीडितको पक्षमा लड्ने बताएका थिए ।

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

काठमाडौं जिल्ला अदालतले भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंको रिटमा सर्वोच्चले सरकारसँग सोध्यो थुन्नुको कारण

अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्ष बाँकी अन्तर्वार्ता सम्पन्नदेखि शेयर बजार ओरालो लाग्योसम्म

अन्य…

सिनामंगलको होटलमा मृत भेटिएका जोडी हिजोमात्रै क्यानाडाबाट आएका थिए

काठमाडौंको सिनामंगलस्थित होटल जन्मभूमिको कोठाबाहिरको बरन्डामा झुन्डिएको अवस्थामा भेटिएका युवा-युवती पति-पत्नी रहेको खुलेको छ ।

आइतबार बिहान सिनामंगलस्थित जन्मभूमि होटलको बरन्डामा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका थिए ।

 

रामेछापमा जुनार उत्पादन वृद्धि

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय…

गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

कोप-२९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति

खेलकुद…

अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी

अस्ट्रेलियाको घरेलु मैदानमा भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरेका छन्। अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेटमा शनिबार ब्याटिङ सुरु गरेका जैसवालले आइतबार बिहान शतक बनाएका हुन्। २०५ बलको सामना गरेका उनले तीन छक्का र ८ चौकाको मद्दतमा १०१ रन बनाउँदै शतक पूरा गरेका हुन्।

ओपनर केएल राहुल र जैसवाल नटआउट २०१ रन बनाएर बनाए। राहुलले १७७ बलमा पाँच चौकाको मद्दतमा ७७ रन बनाएर आउट भए । भारतका ओपनर द्वय राहुल र जैसवालले नटआउट दुई सय रनको साझेदारी गरेका छन्। राहुल २०१ रन बनाएपछि आउट भएका हुन्।

चेल्सीसँग लिसेस्टर सिटी पराजित

सिटीको पोस्टमा टोटनहामको चार गोल

बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : १० बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत