अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु « Khabarhub

अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कजाखस्तानको अकताऊ शहरमा बुधबार मध्याह्न ६७ यात्रु सवार विमान खसेको छ । सो विमान अजरबैजान एअरलाइन्सको भएको खुलेको छ ।

प्रारम्भिक रिपोर्टअनुसार; विमान सवार ६७ मध्ये केही व्यक्तिको ज्यान गएको छ । कजाखस्तानको आपतकालीन मन्त्रालयले विमान दुर्घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रूसी समाचार एजन्सीलाई उधृत गर्दै अजरबैजानको बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ उडान भरेको विमान दुर्घटनामा परेको समाचार सार्वजनिक गरेको छ । हवाई मार्गमा रहेको बाक्लो कुहिरोका कारण विमानका चालकले बाटो बदलेको बताइएको छ ।

अजरबैजान एअरलाइन्सले हालसम्म आफ्नो विमान दुर्घटनामा परेकोबारे कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १ : ४६ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६