आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि उपनिर्वाचनको मिति तयसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि उपनिर्वाचनको मिति तयसम्म


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रतिनिधिसभा बैठक : सांसदले गराए सरकारको ध्यानाकर्षण, न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस, गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार, छोरी जन्मेपछि अस्पतालबाटै आमा फरार, १५ वैशाखमा उपनिर्वाचन हुने, नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजितलगायत रहनेछन् ।

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार

गृह मन्त्रालयले दोस्रो पत्र पठाएपछि मिटरब्याज तथा लघुवित्तपीडितहरु छलफलका लागि राजी भएका छन् । उनीहरु आजै छलफलका लागि जाने तयारीमा छन् ।

गृहले पठाएको पहिलो पत्र अव्यवहारिक भएको र समस्या समाधान उन्मुख नभएको भन्दै उनीहरुले छलफलमा बस्न अस्वीकार गरेका थिए । दोस्रो पत्र आएपछि भने उनीहरु छलफलका लागि सकारात्मक भएका हुन् ।

१५ वैशाखमा उपनिर्वाचन हुने

१५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने भएको छ ।

दुवै स्थानमा १५ वैशाखमा उपनिर्वाचन हुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको आयुक्त निदेश थपलियाले बताए ।

प्रतिनिधिसभा बैठक : सांसदले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदहरुले विविध विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा सांसद रामहरि खतिवडाले राजनीतिक नियुक्ति र भागबण्डाका कारण सरकारी संस्थान तथा निकायहरु समस्याग्रस्त बन्दै गएको बताए । नेपाल वायुसेवा निगममा सरकारले करिब रु ३१ अर्ब बराबर लगानी गरेको र हाल रु ४८ अर्ब घाटामा रहेको उल्लेख गर्दै निगमको आर्थिक अवस्था सुधारका लागि पहल गरिनुपर्ने माग गरे । निगमका कर्मचारी व्यवस्थापनमा पनि समस्या रहेको उनको भनाइ थियो ।

के छ राजनीतिक दल सम्बन्धी संशोधन विधेयकमा ?

प्रतिनिधिसभामा ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेस भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश, २०७८ एक महिनापछि फिर्ता लिइएको थियो ।

संसदमा सुनील शर्माले किन सघाए ज्ञानेन्द्र शाहीलाई ?

प्रतिनिधि सभामा कांग्रेस सांसद सुनील शर्माले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सघाएका छन् ।

आइतबार प्रतिनिधि सभामा शाहीले बोल्दा सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकमा केही बेर तरङ्ग पैदा भएको थियो ।

दुई मन्त्रीलाई बर्खास्त गर्नुपर्ने एमालेको माग कायम

नेकपा एमालेले छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकाको एसिया–प्रशान्त कमान्डका नौसेनाध्यक्ष एक्विलिनोले गरे भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए । उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे ।

अनेक प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका हुन् ।

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ ।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो ।

छोरी जन्मेपछि अस्पतालबाटै आमा फरार, अस्पताल भन्छ- सासू रिसाइन्

वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् ।

सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए ।

अन्तर्राष्ट्रिय…

कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता

कम्बोडियाको सिनेट (माथिल्लो सदन) का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ ।

सीपीपीले सिनेटको पाँचौं निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ता सोक आइसानले बताएका छन् । प्रवक्ता आइसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै चुनावमा सीपीपीले सबैभन्दा बढी मत प्राप्त गरेको बताए ।

श्रीलङ्काले रुसी र युक्रेनीलाई दिँदै आएको दीर्घलानीन भिसा खारेज

श्रीलङ्काले बसोबास नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको घोषणा गरेको छ ।

“सरकारले भिसाको थप म्याद दिइरहेको छैन”, प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भने, “उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन ।”

खेलकुद …

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७ ओभर ५ बलमा केबल २ विकेट गुमाउँदै भेट्टायो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले सर्वाधिक ५८ रन बनाए ।

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

न्यूरोड टिम (एनआरटी) केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : १९ बजे

महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली

 अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने

 काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आजदेखि वर्षाको मात्रामा कमी आउने, सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपाल