बाढी पहिरोलगायत विपदमा परी दुई सय तीनको मृत्यु « Khabarhub

बाढी पहिरोलगायत विपदमा परी दुई सय तीनको मृत्यु


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म दुई सय तीन जनाको मृत्यु भएको छ ।

बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका छन् ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एक गरी जम्मा दुई सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

“बाढीपहिरामा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ५४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ”, उनले भने ।

बाढीका कारण आज दिउँसोसम्म चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६४ घर, एक सय २३ गोठ, ५२ पुल, छ विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । यस्तै यस अवधिमा नौ सय २४ पशुचौपायाको मृत्यु भएको छ । साथै विपद्का घटनाबाट छ हजार ४४ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ४५ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको