विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध « Khabarhub

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएको हो ।

बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । 

तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ ।

विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।

दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ । 

-एजेन्सीबाट

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ५१ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार