आजका समाचार : रास्वपा सकिक्ने मुकुलको चेतावनी, रवि जोडिएको मिडियामाथि छानबिन थालियो  | Khabarhub Khabarhub

आजका समाचार : रास्वपा सकिक्ने मुकुलको चेतावनी, रवि जोडिएको मिडियामाथि छानबिन थालियो 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन, माग्यो नौ सहकारीको विवरण

सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको छ।

बुधबारको बैठकबाट सहकारी छानबिन विशेष समितिले मिडिया नेट्वर्क प्रा.लिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए । बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको पाण्डेले खबरहबलाई जानकारी दिए।

बैठकमा समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह लिएको उनले बताए ।
सहकारी छानबिन विशेष समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ ।

उसले सहकारी बोर्ड, सहकारी विभाग, कानुन मन्त्रालय र सहकारी मन्त्री लगायत निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो सीआईबीसँग पनि छलफल गर्ने लागेको छ।

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलेकै हालत हुन सक्छ

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि

एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ उपविदेशमन्त्री वेइडोङबीच भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए ।

उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए।

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्छ : महेश बर्तौला

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

 वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद
खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगञ्जमा बुधबारु ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा. राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सिरहाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

लमजुङ पहिरो अपडेट : चारै जनाको शव निकालियो
जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध

पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध

जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

लमजुङ पहिरो अपडेट : एकजनाको शव भेटियो, तीनजना अझै बेपत्ता

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

अन्तराष्ट्रिय…

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण
चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा अवतरण गरेको छ । योसँगै चीन चन्द्रमाको अँध्यारो दिशाबाट नमूना ल्याउने पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो ।

चीनले मे ३ तारिखमा चाङइ-६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भागमा गएर नमूना संकलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो ।

मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्रियो

भारतको लोकसभाको सभामुखमा पुन:ओम बिरला

पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीले २५ जनाको मृत्यु

विपक्षले संसद्‌मा जनताको आवाजको प्रतिनिधित्व गर्छ : राहुल गान्धी

असान्ज रिहा भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

पाकिस्तानमा भयानक बन्दै बालविवाह

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ५८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले