इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् ।

इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्रोतहरूले सिन्ह्वालाई बताएका छन् । इजरायली सेनाले कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन् ।

यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ४० हजार चार सय ३५ पुगेको र ९३ हजार पाँच सय ३४ घाइते भएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा गाजा पट्टीका प्यालेस्टिनीहरूले बढ्दो गम्भीर मानवीय सङ्कटको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ४२ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।