आजका समाचार : क्रिकेटमा नेपाल पराजीतदेखि भक्तराज आचार्यको अन्त्येष्टिसम्म | Khabarhub Khabarhub

आजका समाचार : क्रिकेटमा नेपाल पराजीतदेखि भक्तराज आचार्यको अन्त्येष्टिसम्म


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा माओवादी बैठकमा राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग, माओवादीका गगन पुरीले दिए पदबाट राजीनामा, इलाम-२ मा चुनावी सरगर्मी बढ्यो, रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन, पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ, मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी,  भक्तराज आचार्यको अन्त्येष्टि, नामिबियासँग नेपाल २० रनले पराजितलगायत रहनेछन् ।

माओवादी बैठक : राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरूले जोड दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यस विषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

माओवादीका गगन पुरीले दिए पदबाट राजीनामा

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

इलाम-२ मा चुनावी सरगर्मी बढ्यो

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन

पूर्वप्रमुख खनाल र चिनियाँ राजदूत छनबीच भेट

रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले ‘सुशासनका लागि विधिको शासन र संसद्को भूमिका’ विषयमा भएको छलफलमा सुशासनसँग सम्बन्धित सङ्घीय संसद्मा रोकिएर रहेका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रकाश पन्थले बताए ।

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

रुसी सेनामा गएका नागरिकप्रति राज्यको दायित्व छ : मन्त्री साउद

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा कर्मचारीबाटै अवरोध भयो : मन्त्री बस्नेत

मधेश प्रदेशसभामा नाराबाजी

अनुसन्धानमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी

७० करोड टेप प्रकरणको अनुसन्धान जारी 

सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ ।

पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।

पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

अलबिदा भक्तराज आचार्य!

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : ओली

भक्तराजलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री प्रचण्ड

भक्तराजलाई अन्तिम श्रद्धाञ्जली (तस्वीरहरु)

भक्तराज आचार्यको आजै अन्त्येष्टि गरिने

सम्झनामा भक्तराज आचार्य : यी हुन् उनका कालजयी गीत

नामिबियासँग नेपाल २० रनले पराजित
नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो ।


नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए ।

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा

पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताएका छन् ।

तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र(भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने बताए ।

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ५९ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको