एकीकृत समाजवादीको पदाधिकारीमा को को आए ? « Khabarhub

एकीकृत समाजवादीको पदाधिकारीमा को को आए ?


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको १८ जना पदाधिकारीका लागि भएको मतदानको गणना सम्पन्न भएको छ ।

अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । उनले रामकुमारी झाँक्रीलाई हराएकी हुन् ।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।

यसैगरी सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी जनजाति), खुलातर्फ श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

गत असारमा काठमाडौँमा भएको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको थियो ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीको व्यवस्था छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : २३ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको