दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले खोप नलगाएको पुष्टि  « Khabarhub

दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले खोप नलगाएको पुष्टि 


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा-रुबेला खोप नलगाएको पाइएको छ । 

दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा-रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो तथ्यांक २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।

 यसमा शंकास्पद बिरामीको नमुना संकलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी भेटिएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । 

दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए । प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौँ जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।  

हाल देशभर दादुरा-रुबेलाको खोप अभियान सञ्चालन छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियानमा देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ४ : ५२ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं