लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव « Khabarhub

लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो लगानी सम्मेलनमा लगानीकर्तालाई आश्वस्त पार्नेगरी सरकारले पूर्वतयारी र वार्ता प्रकृया अघि बढाउन नसक्दा महत्वपूर्ण चार परियोजनामा कुनै सम्झौता नहुने भएको छ ।

सम्मेलन आयोजनाको तयारीदेखि नै सरकारले जोडतोडले प्रचार गरेका पौने दुई खर्बका चार परियोजनामा तत्काल कुनै सम्झौता नहुने भएको हो ।

प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्ड कार्यालयले आवश्यक पूर्वतयारी नगर्दा चीन-नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी – २ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्सन (२५० मेगावाट) र डाबर नेपालसँग सम्झौता नहुने भएको हो ।

यी आयोजना विकास गर्न सरकारले प्रवर्द्धकहरूसँग परियोजना विकास सम्झौता (पीडीए) र परियोजना लगानी सम्झौता (पीआइए) गर्ने जनाएको थियो ।

चीन-नेपाल मैत्री औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी-२ जलविद्युत आयोजना र ग्रीड कनेक्टेड सोलार आयोजनासँग पीडीए र डाबर नेपालसँग पीआइए हुने भनी लगानी बोर्डले प्रचार गरेको थियो । यी चार परियोजनाको कूल लागत करिब १ खर्ब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

‘तयारी पुगेन, त्यसैले पीडीए र पीआइए नहुने भयो,’ बोर्डका अधिकारीहरूले भनेका छन्‌, ‘तयारी नपुगेकाले हामीले नै सम्झौता नगर्ने निर्णय लिएका हौं, वार्ताकै चरणमा रहेका परियोजनामा देखाउनकै लागि त कसरी सम्झौता गर्नु र !’

लगानी बोर्डले यी चार परियोजना वार्ता चरणमा रहेको बताए पनि सरकारी वार्ता टोलीले सम्भावित लगानीकर्तासँग कुराकानी नै नथालेको बुझिएको छ ।

२५० मेगावाटको सोलार ग्रीड कनेक्सन जडान निम्ति हङकङको कम्पनीसँग हालसम्म सारभूत कुराकानी हुन सकेको छैन । २१ अर्ब तीन करोड रुपैयाँ लगानी गरी बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा १२५/१२५ मेगावाट सौर्यविद्युत उत्पादन गर्नेगरी सम्झौता हुने भनिएको थियो ।

क्षमता अभिवृद्धि र उत्पादन विविधकरणमा झण्डै ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने जनाएको डाबर नेपालसँग पनि सम्झौता गर्नेगरी ठोस कुराकानी हुन सकेको छैन ।

माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत (३२७ मेगावाट) आयोजना बनाउन तीन चिनियाँ कम्पनीले बुटवल पावर कम्पनीसँग साझेदारी गर्ने जनाएका थिए । यो आयोजनाको लागत करिब ८५ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ । पीडीए गर्न तयारी नपुगेको भन्दै सरकारले नेपाल आइसकेका लगानीकर्तालाई सम्झौता नै नगरी फर्काउँदैछ ।

सरकारले लगानी सम्मेलनमार्फत यी चार परियोजनामा तीन खर्ब एक अर्ब १८ करोड ८१ लाख रुपैयाँ वैदेशिक लगानी भित्र्याउने निश्चित भएको जनाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४६ बजे

पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो

काठमाडौं- उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व