आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा « Khabarhub

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पूरा भएको छ ।

नेपालमा सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

मूल समारोह समितिले आज औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्दैछ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र सहयोगी गरी ६ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छिन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बनेको छ ।

 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ७ : ४९ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर