आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा « Khabarhub

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पूरा भएको छ ।

नेपालमा सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

मूल समारोह समितिले आज औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्दैछ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र सहयोगी गरी ६ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छिन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बनेको छ ।

 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ७ : ४९ बजे

तनहुँ अपडेटः मृत भेटिएका तीनमध्ये एक जनाको सनाखत

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा

धनुषामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा झडप, १२ जना घाइते

धनुषा – धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय