आजका समाचार : एमालेको महिला भेलादेखि गण्डकीको सत्तामा सुरेन्द्र पाण्डेको पुनरागमनसम्म | Khabarhub Khabarhub

आजका समाचार : एमालेको महिला भेलादेखि गण्डकीको सत्तामा सुरेन्द्र पाण्डेको पुनरागमनसम्म


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँ बजेट कार्यान्वयनसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन् ।

चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताए ।


‘गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,’ प्रधानमन्त्रीले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

देउवा निवासमा प्रतिपक्षीको बैठक : मेटमणिसहित माधव नेपाल पनि सहभागी भए

बजेटबारे अर्थसचिव मरासिनी : राजनीतिक दबाब थियो तर सिलिङ नाघेन
अर्थसचिव मधु मरासिनीले राजनीतिक दबाबबीच अर्थमन्त्री वर्षमान पुनले सिलिङ ननाघ्ने गरी बजेट ल्याएको बताएका छन्।

मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटबारे आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


‘बजेटको वित्तीय पक्ष र आकारबारे धेरै कुरा आएका छन् । माघमा सिलिङ पठाएर जेठमा कार्यक्रम प्रस्ताव हुँदा बीचमा धेरै माग हुन्छ’, उनले भने, ‘मन्त्रालयहरूले पहिले पाएको सिलिङलाई आफ्नो अधिकार नै भन्ठान्छन् । पछि कार्यक्रम थप्छन् ।’

उनले बजेटलाई लिएर राजनीतिक दबाब भए पनि अर्थमन्त्री पुनले कुरा बुझ्दा सन्तुलित आउन सकेको बताए ।

जब अर्थमन्त्रीलाई पत्रकारले सोधे : जनार्दन शर्मा र तपाईंबीच जुँगाको लडाइँ हो ?

बजेटबारे अर्थसचिव मरासिनी : राजनीतिक दबाब थियो तर सिलिङ नाघेन

आर्थिक सुधारका लागि आयोग नै गठन गरेर काम गर्छौँ : अर्थमन्त्री

फलामको कच्चा पदार्थमा भन्सार करको विरोध भएपछि अर्थमन्त्रीको जवाफ, ‘सिद्धान्त बनाएर गरेका हौँ’

सहकारी संकटबारे अर्थमन्त्रीको आश्वासन : बचत फिर्ता हुन्छ, समस्या समाधान गर्छौँ

फलामको कच्चा पदार्थमा कर बढ्दा छड उत्पादक असन्तुष्ट, उद्योग संकटमा पर्ने चिन्ता

एमालेको महिला भेला, यस्तो छ आन्दोलनसम्बन्धी दस्तावेज
नेकपा एमालेको राष्ट्रिय महिला भेला जारी छ । एमालेले काठमाडौंमा राष्ट्रिय महिला भेला गरेको हो । आजदेखि सुरु भएको सो भेला भोलिसम्म चल्ने छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले यो भेला गर्ने पाएकामा अत्यन्त खुसी भएको बताए ।

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता पार्टी अध्यक्ष केपी शर्मा ओली थिए ।

२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको थियो। त्यसैको सेलिब्रेसन गर्ने भेला आयोजना गरिएको पूर्व मन्त्री विमला राई पौडेलको भनाइ छ ।

महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली

आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो : पूर्वराष्ट्रपति भण्डारी

एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो‘

एमालेको राष्ट्रिय महिला भेला सुरु

एमालेको राष्ट्रिय महिला भेलामा आइपुगे ओली

कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष शाक्य

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।


प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेको पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।

सोमबार सर्वोच्चले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा

मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो

मादक पदार्थ सेवन गरी कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले स्वयम्सेवकका रुपमा सडकमा खटाउन थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योजनाअनुसार सवारी नियम उल्लंघन गर्नेहरूलाई बुधबार काठमाडौंका विभिन्न चोकमा खटाएको हो ।

मापसेसहित सवारी नियम मिचेरका कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो।

ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन् ।

कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी

सेती अस्पातालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

बनेपामा ट्रकले चारवटा गाडीलाई ठक्कर दियो, क्षतिको विवरण आउन बाँकी

पद्मकन्या क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

अन्तराष्ट्रिय…

कोरोना जस्तै अर्को महामारी आउने बेलायती वैज्ञानिक प्याट्रिकको दावी
बेलायतका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन् ।

उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए ।


द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ ।

भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन् ।

केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार

पत्रकारसँगको दोहोरीले विवादमा तानिए चिनियाँ राजदूत सङ

युक्रेनमा रूसी सेनाको आक्रमणमा सात जनाको मृत्यु

दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर

भारत र बंगलादेशमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : ०४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि