सुदूरपश्चिममा दिउँसै टर्च बालेर प्रतिपक्षीले खोजे सरकार « Khabarhub

सुदूरपश्चिममा दिउँसै टर्च बालेर प्रतिपक्षीले खोजे सरकार


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।

सोमबार दिउँसो २ बजेका लागि डाकिएको प्रदेश सभा बैठकमा सरकारको तर्फबाट कुनै मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।

विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् ।

मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरे ।

त्यसप्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवनअगाडि टर्चलाइट बालेर सरकारको खोजी गरे ।

विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा कृषि मन्त्री टीका थापा उपस्थित भएर बैठक सञ्चालन भएको थियो।

बैठकमा सहभागी नहुने मुख्यमन्त्री सोडारीको रणनीतिविपरित बैठकमा सहभागी भए पनि आइतबार कृषि मन्त्री थापा बर्खास्तमा परिन्।

संसद् छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेशद्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरे ।

संसद् छलेर गैरजिम्मेवार व्यवहार देखाएको भन्दै टर्च बालेर सरकार खोजी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरी नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

गत २० असारमा एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा छ । मुख्यमन्त्री दीर्घराज सोडारीले अहिलेसम्म विश्वासको मत लिने निर्णय लिएका छैनन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : ०१ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको