उत्तरी गाजामा इजरायली हमला, ५५ जनाभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

उत्तरी गाजामा इजरायली हमला, ५५ जनाभन्दा बढीको मृत्यु


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मंगलबार भएको इजरायली हमलमाा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

मंगलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको  एजेन्सीका प्रवक्ता महमुद बासलले बताए।  

हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए। उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताए।

सफियाले अस्पतालमा निरन्तर मृतक तथा घाइतेहरू आइरहेको बताउँदै कर्मचारी र औषधिको अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार गर्न गाह्रो भइरहेको उल्लेख गरे ।  

उनका अनुसार जबलियामा सैन्य कारबाहीका क्रममा अस्पतालमा आक्रमण गर्दा सेनाले चिकित्सक टोली र कामदारहरूलाई पक्राउ गरेपछि कमल अदवान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरू केही बाँकी छैन । गत हप्ता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालमा आक्रमण गरेको जनाएको थियो ।  

गत अक्टोबरदेखि सेनाले उत्तरी गाजाका जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण गरेको छ । यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेसनका रूपमा वर्णन गरेको छ ।

मंगलबार जारी विज्ञप्तिमा सेनाले विगतका दिनमा जबलियामा धेरै आक्रमण गरेको र करिब ४० जना आतंकवादीको मृत्यु भएको जनाएको छ ।  

नागरिक सुरक्षा एजेन्सीले आक्रमण सुरु भएदेखि दशौँ हजार प्यालेस्टिनी उत्तरी गाजाबाट भाग्न बाध्य भएको तथा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : १५ बजे

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।