आजका समाचार : रविलाई हिरासतबाट निकाल्न रास्वपाको लबिइङ, प्लास्टिकका फूल बेच्न नपाइने र  हिजबुल्लाहमा नयाँ नेता  | Khabarhub Khabarhub

आजका समाचार : रविलाई हिरासतबाट निकाल्न रास्वपाको लबिइङ, प्लास्टिकका फूल बेच्न नपाइने र  हिजबुल्लाहमा नयाँ नेता 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

देशमा अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउन खोजिँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन नदिने बताएका छन् ।

सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने खेल भइरहेको बताएका हुन् ।


उनले सम्बोधनका क्रममा अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई सफल हुन नदिने पनि बताएका छन् । प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए ।

रुबी खान र गृह मन्त्रालयबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक : मन्त्री अधिकारी

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्छौँ : स्वास्थ्यमन्त्री

‘विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन आवश्यक’

कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

विकास र वातावरण संरक्षणका काम अगाडि बढाउनुपर्छ :सञ्चारमन्त्री

रास्वपाको प्रदर्शनअघि नै धरपकड, सांसदसहित १७ नेता-कार्यकर्ता समातिए
सहकारी ठगीमा मुछिएका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता(कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ ।

मध्यान्ह १२ बजेका लागि तय भएको प्रदर्शनमा सहभागी हुन बालुवाटार पुगेका रास्वपा एकजना सांसदसहित १७ जना नेता(कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनअघि नै समातेको हो । बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टअगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर शान्तिपूर्ण रूपमा छलफल गर्दै गर्दा सांसद चौधरीसहित काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासहित समातिएको रास्वपाले जनाएको छ ।

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ?

समस्याग्रस्त सहकारीबाट डेढ अर्ब रुपैयाँ ६ हजार बचतकर्तालाई फिर्ता

रवि पक्राउविरुद्ध रास्वपाले बालुवाटारमा प्रदर्शन गर्दै

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण गर्ने समझदारी

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने

ट्रयाक खोलेको २० वर्षपछि नुवाकोट-धादिङ सडक कालोपत्र सुरु

काठमाडौंका सपिङ मल र पार्टी प्यालेसहित ४६ स्थानमा किन्न पाइन्छ स्वदेशी फूल-माला
काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री प्रबन्ध गरेको छ ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो ।


गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो ।

त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो ।

महानगरले काठमाडौंका ५२ पसलबाट जफत गर्‍यो प्लास्टिकका फूलमाला

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

सयपत्री फूल बेचेर लाखौँ कमाउँदै रामपुरका किसान

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

चितवनमा सयपत्री फूलखेती गर्ने घटे

विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना
काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् ।

तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्याङ्कनअनुसार आठ करोडका संरचनामा क्षति पुगेको जनाइएको छ । उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्याङ्की पूर्ण रुपमा पुरिएको छ ।

पर्यटकीयस्थल हम्पाल लेकमा विद्युतीकरण

जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक : मन्त्री अधिकारी

दूध बेचेर वार्षिक आठ लाख आम्दानी

अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै प्रारम्भिक मतदान गरेका छन्।

आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने निर्णय गरेको बाइडेनका लागि यो तितोमिठो क्षण हो ।


राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गरेका हुन् । राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खिएका थिए ।

एकपछि अर्का उच्चनेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व

पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या

इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै

उत्तर कोरियाले १० हजार सैनिक रुस पठायो : अमेरिका

भारतको एक मन्दिरमा पटाका विस्फोट, १५० भन्दा बढी घाइते

उत्तरी गाजामा इजरायली हमला, ५५ जनाभन्दा बढीको मृत्यु

इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ०४ बजे

 समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी– चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो,

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण

वीरगञ्जबाट धान चामल आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प