आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म | Khabarhub Khabarhub

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार संसद् सचिवालय सिंहदरबारमा विभिन्न बिषयगत समितिका सभापतिका र राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअघि नै विधेयकहरू पारित गर्ने गरि तयारी गर्न ध्यानाकर्षण गराएका हु्न् ।


आगामी अधिवेशनमा आउनसक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय

रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन्

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

ओलीले भने-‘इलामको विकासको जिम्मा सुहाङले लिन्छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि रहेको बताएका हुन् ।


सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको बताए ।

ओलीले आफूले चुनावको क्रममा गरेका प्रतिवद्धताहरू चुनावी स्टन्ट होइनन् भन्दै आफूले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतदाताको शिर झुक्न दिने छैन: सुहाङ नेम्बाङ

सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

प्रमाणपत्र बुझेपछि सुहाङले भने, ‘हर्षित पनि छु, भावुक पनि छु’

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।

मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।

विश्व बैंक समूहको नेतृत्व गर्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट
यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

नेपाल टेलिकमको आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य उदेश्यका साथ काठमाडौं महानगरपालिकाले भोलिदेखि ‘सीप मेला’ आयोजना गर्ने भएको छ ।

महानगरले भोलि बुधबारदेखि टुँडिखेलमा एक महिना उक्त मेला गर्ने भएको हो ।


एक महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने भएको हो । यसरी तालिम प्राप्त सबैलाई रोजगार, स्वरोजगार तथा ओजेटी (अन द जब ट्रेनिङ) को सुनिश्चित गर्ने भएको छ ।

हिमालबाट दुई टनभन्दा बढी फोहोर संकलन

कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’

रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा कुरा’ डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलामा साग्री रोक्ने गरी सर्वोच्च अदालतले सोमबार दिएको आदेशप्रति आपत्ति प्रकट गरेको छ ।

महासंघका महासचिव रोसन पुरीले मंगलबार एक वक्तव्य निकाल्दै ‘सिधा कुरा’का ती सामग्री प्रकाश र प्रसारण नै रोक्ने गरी सर्वोच्चले दिएको आदेशमा गम्भीर असहमति जनाएका हुन्।

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ

अन्तर्राष्ट्रिय…

इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप
अमेरिकाले इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले इजरायली सेनाको पाँच इकाई मानवअधिकार उल्लङ्घनका लागि जिम्मेवार पाइएको बताएको छ । मानवअधिकार उल्लङ्घनका यी घटनाहरू अक्टोबर ७ मा भएको आक्रमणअघि भएका थिए र मानवअधिकार उल्लङ्घनका घटनाहरू गाजा पट्टीबाहिर भएको बताइएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै मानवअधिकार उल्लङ्घनको आरोप लागेका इजरायली सेनाका पाँच इकाइमध्ये चारले प्रभावकारी रूपमा उल्लङ्घन गरेको बताएका छन् ।

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

जापानमा रोजगारीको उपलब्धता घट्यो

हतियार प्रणालीमा एआई लागू नगर्न बङ्गलादेशको आह्वान

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

पाकिस्तानमा भारी वर्षाका कारण १४३ जनाको मृत्यु

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ५९ बजे

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

काठमाडौं– इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

काठमाडौं – गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ।

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ– बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना