नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको छ : माधव नेपाल « Khabarhub

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको छ : माधव नेपाल


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले अन्तर्राष्ट्रिय तहमा समग्र राष्ट्रको गौरव बढाएको बताएका छन् ।

अध्यक्ष नेपालले तमुल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गर्दै बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले विविधताले भरिपूर्ण मुलुकमा सबै समुदायका चाडपर्व तथा संस्कृतिको महत्त्व रहेको उल्लेख गरे ।

सामाजिक एकता, पारस्परिक सम्मान अभिवृद्धि गरी आर्थिक विकास तथा समृद्धि कायम गर्न सकिने बताउँदै उनले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ३१ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ