आजका समाचार : नजिकिँदै माधव-बामदेव, देशभर तमु ल्होसार र अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन | Khabarhub Khabarhub

आजका समाचार : नजिकिँदै माधव-बामदेव, देशभर तमु ल्होसार र अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

माधव नेपालसँग वार्तापछि वामदेवले भने-समाजवादीमा जाने सम्भावना छ
नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् ।


एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष गौतमले भने, ‘पुराना स्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’

उनले एकीकृत समाजवादीमा आफू जान सक्ने सम्भावना रहेको पनि बताए । ‘सम्भावना छँदै छ नि त,’ पत्रकारले एकीकृत समाजवादीमा जानेबारे राखेको जिज्ञासामा गौतमले भने ।

एकीकृत समाजवादीको कार्यालयमा वामदेव, माधव नेपालसँग वार्ता

भीम रावलबारे कर्ण मल्ल : उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले

भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने, खोल्लान् त नयाँ पार्टी ?

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको छ : माधव नेपाल

वर्तमान सरकार विकास र समृद्धिका पक्षमा छ : महासचिव पोखरेल

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो।


समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्य सञ्चालनका लागि काम गर्नेछन् । यसैगरी, बेइजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना हुनेछन्।

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

संस्कृतिमा हामी धेरै धनी छौँ : प्रधानमन्त्री ओली

तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : देउवा

ल्होसारले सामाजिक एकतालाई बलियो बनाउन सकोस् : सभामुख घिमिरे

ल्होसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति

झापामा ओलीबारे प्रचण्डले भने-धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा जाल–झेलबाहेक अरु केही नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको गौरीगञ्जमा सोमबार पार्टीद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।


‘यो ठाउँ अहिलेका प्रधनमन्त्रीको हो । देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा सायद म बोल्दैछु । म भन्न चाहन्छु जालझेलबाहेक उहाँको दिमागमा अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नुहुन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गिरीबन्धु टी(स्टेटमा गरेको बदमासीको पर्दाफाँस गरेरै छाड्ने चेतावनीसमेत दिए । ‘म गिरीबन्धु टी-स्टेटमा उहाँ (ओली)ले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्ने छु,’ उनले भने ।

‘शेरा दरबारको जग्गा पार्टी छाडेकाले कब्जा गरे, माओवादीलाई नजोड्नू’

सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड

विद्यार्थीबाट बाहिरिएका तरुणलाई जिम्मेवारी दिऊँ : राम कार्की

विद्यार्थीले गरेको पुस्तान्तरण ऐतिहासिक कदम हो : जनार्दन शर्मा

विविधतापूर्ण संस्कृतिमा धनी सुदूरपश्चिम : मन्त्री पाण्डे

‘नेपाली कला, संस्कृति संरक्षण गर्न जागरूक हुनुपर्छ’

धुमधामसँग तमु ल्होसार मनाउँदै गुरुङ समुदाय
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार देशभर तमु ल्होसार मनाइरहेका छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यताका साथ मनाउँछन् ।


‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्बदन्ती छ ।

तस्बिरहरू

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’

क्यान महासंघमा सुनैनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका यात्रु माथि नै रोकिए

हिउँले कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

स्याङ्जाका चन्द्र गुरुङलाई गुरुङ पोसाक फोटो प्रतियोगिताको उपाधि

आज पौषे औँसी, तीर्थ श्राद्ध गरिँदै

मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो।

आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको निधनपछि शोक वक्तव्य जारी गर्दै उनकी प्रिय साथी तथा असाधारण नेता भएको बताएका छन्। यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने बताए।


सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए।

रुसद्वारा युक्रेनमा पश्चिमी शान्ति सैनिकको विरोध

पाकिस्तानमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

थाइल्यान्डको पर्यटक होटेलमा आगलागी, तीन विदेशीको मृत्यु

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबीच भेटवार्ता

इथियोपिया सडक दुर्घटना : ७१ जनाको मृत्यु

एक किसान कार्टर जो बने विश्व शान्तिका पक्षधर नेता

अमेरिकाले कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ५१ बजे

प्रदेशले संशोधन गरेको कानूनले महानगरको आय घटयो : बालेन शाह

काठमाडौं–  काठमाडौं महानगरका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा

अटो क्षेत्र सुरक्षित भएन, अरू व्यवसायमा लाग्दैछु

नाडा यस्तो संस्था हो, जसले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)

बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी

देउखुरी– घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रा पालनबाट वार्षिक

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

धनकुटा – कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर),