आजका समाचार : गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिटदेखि बालेनको सिंगापुर भ्रमण रद्धसम्म | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिटदेखि बालेनको सिंगापुर भ्रमण रद्धसम्म


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीकाे तर्क- सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे ।

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।’

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा वार्ता, देउवासँगको भेटबारे दुई नेताको चासो

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रमुख सत्तारूढ दलका नेताहरू सशंकित भएका छन् ।

देउवाले बूढानीलकण्ठमा बोलाएको प्रतिपक्षी दलको बैठकमा नेपाल पनि मिसिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सशंकित भएका हुन् ।

माधव नेपालको बेचैनी : बालकोट र बालुवाटार छाडेर किन धाउँछन् बूढानीलकण्ठ ?

सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय लागू गराएका थिए ।

रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले उक्त निर्णय कार्यान्वयनमा गएपछि सर्वोच्चमा रिट दायर गरेका हुन् ।

तीन जलविद्युत् आयोजनाको जग्गा प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले तीन वटा जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा प्रयोग गर्न दिने र रुख, पोल हटाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले न्यादी जलविद्युत आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र राइट अफ वेको विकास निर्माणको लागि लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको वनको २.९५ हेक्टर जग्गा प्रयोग गर्न दिने र जग्गामा रहेका रुख, पोल हटाउन स्वीकृति दिने निर्णय भएको हो ।

इजाजत प्राप्त तर यात्रा अनुमति नपाएका हातहतियार घर बाहिर लैजान निषेध

महासंघलाइ मन्त्री शर्माको सुझाव- सहमतिकै आधारमा विवाद समाधान गर्नुहोस् 

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहमतिकै आधारमा विवाद समाधान गर्न पत्रकार महासंघलाइ सुझाव दिएकी छन्  ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पत्रकार महासंघ जस्तो संस्थालाई सहमतिकै आधारबाट अघि बढाउँदै संस्थागत ढंगबाट अघि बढाए राम्रो हुने बताइन्  ।

महासंघको चुनावलाई देखिएका विषयहरूलाई हल गर्न आफूले महासंघका नेतृत्वका साथै विभिन्न संगठनका प्रमुखहरूलाई सुझाव दिएको उनले बताइन् ।

मन्त्री शर्माले आमसञ्चार लगाएतका विभिन्न ऐन कानूनहरु निकै पुरानो भएकाले समावेशीका विषय प्राथमिकतामा पर्न नसकेको बताइन् ।

विभिन्न नयाँ ऐन कानूनहरु निर्माण भइरहेको अवस्थामा समावेशीताको विषयलाई उच्च प्राथमिकता दिएर अघि बढाइने उनले बताइन् ।

उनले कानूनले गरेको व्यवस्था अनुसार विभिन्न निकाय तथा संस्थाहरूमा दलित प्रतिनिधित्वका लागि जागरणको आवश्यकता रहेको धारणा राखिन् ।

पूर्वअर्थमन्त्री महतको तर्क- आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैन

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका छन् ।

स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका हुन् ।

अर्कातिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुँदैन : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए ।

सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला

अभिलेख संरक्षण पहिलो संशोधन विधेयक समितिबाट पारित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन् । स्वास्थ्यमा समस्या देखिए पछि नेता सिंह शुक्रबार नयाँ दिल्ली गएका हुन् ।

‘स्वास्थ्यमा केही समस्या देखिएपछि उपचारका लागि नयाँ दिल्ली जानु भएको हो,’ स्वकीय सचिव युपी लामिछानेले बताए । उनका अनुसार नेता सिंहको प्रोस्टेटको समस्या देखिएपछि दिल्ली गएका हुन् ।

जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सृजनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सृजनशील हुनुपर्ने बताएका छन् ।

हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटी जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

बालेनको प्रश्न- न्युरोडमा पार्किङको ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट पारेका छन् ।

गण्डकीको मुख्य न्यायाधिवक्तामा पुन दोहोरिए शर्मा

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् ।

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रदर्शनी शुरु

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी शुरु भएको छ ।

भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रदर्शनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए । उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

कान्तिपुर सहकारीका सीबी लामा पक्राउ, करिब ८ अर्ब बचत हिनामिना गरेको आरोप

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

खेलकुद

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रूपमा गोप्य राखिएको थियो

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रूपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रूपमा राखिएको स्पष्ट गरेका छन् ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

राष्ट्रिय चेस च्याम्पियनसिप शनिवारदेखि

गरिबी नेपाली खेल अधिकारीको बहाना मात्र

अन्तर्राष्ट्रिय…

अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न युक्रेनलाई बाइडेनको अनुमति

यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमण १४ जनाको मृत्यु

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

 

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : ५७ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि