भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोषणा गर्ने « Khabarhub

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोषणा गर्ने


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रावलले आज दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी आगामी राजनीतिक योजनाबारे जानकारी गराउन लागेका हुन् ।

एमालेले पार्टीबाट निष्काशन गरेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले आज पत्रकार सम्मेलनमार्फत नयाँ दल खोल्ने चर्चा भइरहेको छ । उनले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने पनि बताइएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलमाथि पार्टीविरोधी काममा संलग्न भएको भन्दै एमालेले पुस १० गतेको सचिवालय बैठकले कारबाही गरेको थियो।

रावलले सामाजिक सञ्जालमार्फत परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि संचारकर्मी, शुभेच्छुक तथा जिज्ञासुहरुलाई आमन्त्रण गरेका छन् ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : २० बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन