भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोषणा गर्ने « Khabarhub

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोषणा गर्ने


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रावलले आज दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी आगामी राजनीतिक योजनाबारे जानकारी गराउन लागेका हुन् ।

एमालेले पार्टीबाट निष्काशन गरेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले आज पत्रकार सम्मेलनमार्फत नयाँ दल खोल्ने चर्चा भइरहेको छ । उनले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने पनि बताइएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलमाथि पार्टीविरोधी काममा संलग्न भएको भन्दै एमालेले पुस १० गतेको सचिवालय बैठकले कारबाही गरेको थियो।

रावलले सामाजिक सञ्जालमार्फत परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि संचारकर्मी, शुभेच्छुक तथा जिज्ञासुहरुलाई आमन्त्रण गरेका छन् ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : २० बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू