राष्ट्रियसभा : सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग « Khabarhub

राष्ट्रियसभा : सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनै पनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् । 

उनले भनिन्, ‘वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित भएका छन् । त्यसैले जतिसक्दो चाँडो उनीहरूको समस्या समाधान गर्नुपर्छ’, उनले भनिन्  । 

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको तामा उत्खननलाई वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरी पुनःसञ्चालनका लागि सरकारसँग माग गरिन् । 

उनले भनिन्, ‘मुगुको कार्मारोङ गाउँपालिका वडा नं १ मा पहिलेदेखि नै स्थानीयले तामाखानीबाट तामाको कच्चापदार्थ उत्खनन गरी प्रशोधन पश्चात विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालका विभिन्न ठाउँमा बिक्री वितरण गर्दै आइरहेकामा २०२४ सालदेखि सरकारको आदेशमा उत्खननमा रोक लगाइएको छ, त्यसलाई पुनः सञ्चालनका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । 

‘प्रतियोगिता आगामी चैत २३ गते गर्ने भनिएको थियो, अब फेरि जेठ २३ गते सारिएको छ, मिति सार्नुले समग्र खेलाडीमाथि अन्याय भएको छ, जेठ २३ गते पनि हुन्छ नै भन्ने टुङ्गो छैन, सरकारले तोकिएकै मितिमा हुन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ’, उनले भने । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ५९ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा

माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?

काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको