आजका समाचार : निजामती सेवा विधेयक पारित, लेखजंगको उम्मेदवारी रद्द नहुने, कोशीका मुख्यमन्त्रीसँग अर्का मन्त्रीको द्वन्द्व र हरियो रेल चढेर चीन पुगे किम | Khabarhub Khabarhub

आजका समाचार : निजामती सेवा विधेयक पारित, लेखजंगको उम्मेदवारी रद्द नहुने, कोशीका मुख्यमन्त्रीसँग अर्का मन्त्रीको द्वन्द्व र हरियो रेल चढेर चीन पुगे किम


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै विवाद उत्पन्न भएको छ । रास्वपाले उम्मेदवार घोषणा गरेका डा. लेखजंग थापाले ‘बहुविवाह’ गरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

रास्वपाले आइतबार डा. थापालाई उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको थियो । थापा ०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट समानुपातिक उम्मेदवार थिए । बहुविवाह’को विवाद देखिएपछि उम्मेदवार थापाले सोमबार दिउँसो २ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित भएको थियो ।

रास्वपाका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमलाई ‘ह्वाट्स एप ग्रुप’मार्फत् सन्देश पठाउँदै भनेका छन्, ‘विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको छ। असुविधाका लागि क्षमा चाहन्छौँ ।’

त्यो सन्देश पठाउनुभन्दा झण्डै डेढ घण्टा अघि उनैले उम्मेदवार थापाका पत्रकार भेटघाट तथा अन्तरक्रियामा उपस्थितिका लागि भन्दै सूचना दिएका थिए ।

प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण

हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री

अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 

थियाचिनबाट रेलमार्ग हुँदै प्रधानमन्त्री ओली पुगे बेइजिङ

शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र

निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने

मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम !

सङ्घीय राजधानी काठमाडौँदेखि योजनाबद्ध रूपमा बिछ्‌याइएको सहकारी ठगीको जालोभित्रको एउटा संस्था हो – पोखराको नयाँबजारमा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था !

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले वि.सं.२०८१ पुस ७ गते जिल्ला अदालत, कास्कीमा दायर गरेको मुद्दा मिसिलअनुसारस सूर्यदर्शन सहकारीबाट ११५६ बचतकर्ताको बचत गायब पारिएको छ । उक्त सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले कुल बिगो नै एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ कायम गरेको जनाएको थियो ।

मूल अभियोजन पत्रमा १९ जना र पूरक अभियोजन पत्रमा पूर्वउपप्रधान- गृहमन्त्री रवि लामिछाने सहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी ठगीको मुद्दा अहिले पनि चलिरहेको छ ।

मुद्दा दायर हुनुभन्दा १५ महिनाअघि २०८० असोज दोस्रो साता पोखरा महानगरपालिकाको विशेषज्ञ समितिले गरेको अध्ययन क्रममा उक्त सहकारीबाट एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको भेटिएको थियो । त्यतिखेर एक हजार ३६ बचतकर्ताले आफूहरूले सूर्यदर्शन सहकारीबाट एक अर्ब ११ करोड रुपैयाँ पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए । गोरखा मिडिया नेटवर्कमा पूर्वमन्त्री लामिछानेका व्यवसायिक साझेदार गीतेन्द्रबाबु ९जीबी० राई नै सूर्यदर्शन सहकारी ठगीका मास्टरमाइन्ड थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

विधायन व्यवस्थापन समिति : अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति

रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

कोशीका मुख्यमन्त्रीसँग भौतिक मन्त्रीको टकराव, संघबाट गएका सचिवले २० दिनदेखि हाजिर गर्न पाएनन्

संघीय सरकारको गत साउन २६ गतेको निर्णयअनुसार कोशी प्रदेशको सचिवका रुपमा सरुवा भएका एकजना कर्मचारी मन्त्रीले हाजिर गराउन नमान्दा जिम्मेवारीविहीन भएर बसेका छन्। कोशी प्रदेशमा सरुवा पछि मुख्यमन्त्रीको कार्यालयले सचिव मिलन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय खटाउने निर्णय गरेको थियो । तर मुख्यमन्त्री कार्यालयको निर्णयलाई अस्वीकार गर्दै मन्त्री भूपेन्द्र राईले आचार्यलाई हाजिर गराउन नमानेका हुन् ।

साउन २६ को संघीय सरकारको निर्णयअनुसार कोशी पुगेका सचिव आचार्य करिब २० दिनदेखि कामविहीन भएर मुख्यमन्त्रीको कार्यालयमा थन्किएर बसेका छन् । प्राविधिक सचिवका रुपमा रहेका आचार्यलाई आफ्नो मन्त्रालयमा खटाउने मुख्यमन्त्रीको कार्यालयको निर्णयलाई मन्त्री राईले अस्वीकार गर्दै सरकारको नेतृत्वलाई चुनौती दिएका हुन् ।

‘संघीय सरकारले कोशीमा पठाएपछि आचार्यलाई मुख्यमन्त्रीको कार्यालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा खटाउने निर्णय भएको थियो’, स्रोतले भन्यो, ‘तर भौतिक मन्त्री राईले मुख्यमन्त्रीको उक्त निर्णयलाई अस्वीकार र आपत्ति व्यक्त गरेर सचिव आचार्यलाई हाजिर गराउनु भएन ।’

प्राविधिक सचिवको दरबन्दी भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै खाली छ । तर आचार्यलाई त्यहाँ पठाउन खोज्दा मन्त्री राईले मानेका छैनन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- तपाईँहरू लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौ

कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : राजेन्द्र महतो

रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना 

प्रधानमन्त्री ओलीले आज बेइजिङमा उपराष्ट्रपति चाङ्गसँग भेटवार्ता गर्दै

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि
आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु पाँच छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात छुट पाइनेछ ।

लुम्बिनी प्रदेश : विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो 

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

चीन पुगे किम, के खास छ हरियो रेलमा ?
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मङ्गलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् ।

उनी सोमबार राजधानी प्योङयाङबाट चीनका लागि प्रस्थान गरेका थिए । दोस्रो विश्वयुद्धमा जापानले पराजय व्यहोरेको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन किम चीन पुगेका हुन् ।

उत्तर कोरियाली अखबार रोडोङ सिन्मुनले सैन्य परेडलाई किमले सहभागिता जनाउने सबैभन्दा ठूलो बहुपक्षीय कूटनीतिक समारोह भनेको छ । यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ मुलुकका प्रतिनिधि सहभागी हुँदैछन् ।

रोडोङ सिन्मुनले किमका फोटोहरु सार्वजनिक गरेको छ । फोटोमा उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुईसँगै किम विशेष रेलमा बसिरहेको देख्न सकिन्छ । उनको पछाडि उत्तर कोरियाको झण्डा रहेको छ भने टेबलमा बन्द ल्यापटप छ । अर्को फोटोमा हरियो रेलबाहिर किमले चुरोट हातमा लिएको पनि देखिएको छ ।

सुडानको डार्फरमा भूस्खलन हुँदा एक हजारभन्दा बढीको मृत्यु

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु

पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, ठूलो जनधनको क्षति

मोदीको जापान भ्रमणले प्रविधि क्षेत्रमा द्विपक्षीय सहकार्यको नयाँ अध्याय शुरु













प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ५० बजे

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी