आजका समाचार : पाथीभराका आन्दोलितसँग सरकारले वार्ता गर्ने, माओवादीमा नयाँ प्रदेश इन्चार्ज र अझै कर बढाउने ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

आजका समाचार : पाथीभराका आन्दोलितसँग सरकारले वार्ता गर्ने, माओवादीमा नयाँ प्रदेश इन्चार्ज र अझै कर बढाउने ट्रम्पको चेतावनी


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

आत्मविश्वाससहित काम गरेमा नेपालले पछाडि पर्नुपर्ने कारण छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलद्वारा आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे ।

‘विदेशमा गएर नेपाली युवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ ।’, विद्यार्थीहरूलाई आग्रह गर्दै ओलीले भने, ‘यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झन्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरव गाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए।

पाथीभरा केबलकार विवाद : निर्माण रोके मात्रै आन्दोलित पक्षले सरकारसँग वार्ता गर्ने

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

सभापति खतिवडालाई कर्मचारीको पत्र- हाम्रो अधिकार तलमाथि नहोस्

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

कृषिमा आधुनिकीकरण गर्न जरूरी : सञ्चारमन्त्री

पार्टीभित्र एकता भए बहुमत प्राप्त गर्न सकिन्छ : सभापति देउवा

सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा दिन सफल : उपप्रधानमन्त्री सिंह

माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू
नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताए ।

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए। तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेको छैन।

प्रदेशगत इन्चार्जमा हरिबोल गजुरेललाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ । मातृका यादवलाई मधेस, हितमान शाक्य बागमती, दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णालीको जिम्मेवारी दिएको छ । यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी दिएको छ ।

माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी

मोर्चा बनाउन तराई-मधेसकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा

जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने

उपसभापति खड्काको दाबी-अन्तर्घात रोक्न सके कांग्रेस एक्लैले बहुमत ल्याउँछ

गण्डकीमा हिउँदे अधिवेशन, १३२ दिनपछि बस्दै प्रदेशसभाको बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

सुदन किराती भन्छन्-प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्दै जान्छ

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

गण्डकीको हिउँदे अधिवेशन सुरु, निजामती सेवा अध्यादेश टेबल
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु भएको छ । बैठकको पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् ।

ऐनले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसलाई फुकाएर अनुकूलका कर्मचारी राख्न पुस ११ गते अध्यादेश ल्याइएको थियो । १२ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश प्रमाणीकरण गरेका थिए।

बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ ।

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे

बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौँका यी स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’

क्यानडालाई ट्रम्पको चेतावनी- धेरै बोले अझै कर बढाउँछु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाइएको करविरुद्ध बोलिरहे क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।

क्यानडाले आफूविरुद्ध लगाइएको प्रतिशत बराबरको कर अमेरिकाविरुद्ध लगाउने घोषणा गरेपछि ट्रम्पले यस्तो चेनावनी दिएका हुन् । फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानडाले अमेरिकाका तर्फबाट लगाइएको करमाथि जवाफी कारबाही गरिरहे क्यानडमाथि थप कर लगाइने छ ।’

ट्रम्पले क्यानडामाथि २५ प्रतिशत कर लगाएका थिए । त्यसपछि क्यानडाले पनि अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

बीबीसी हिन्दीको अनलाइन संस्करणमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले उत्तरी छिमेकी मुलुकहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेको बताएको समाचार प्रकाशित छ ।

भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड

तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशलाई ह्युमन राइट्स वाचको आग्रह

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते

च्याटजीपीटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा

इलोन मस्कले ‘आपराधिक संगठन’ भनेपछि संकटमा युएसएआईडी, नेपालमा सञ्चालित अर्बौँका परियोजनामा संकटको बादल

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ०४ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय