अर्थसंक्षेप : प्रदेश-स्थानीय तहको रकम तोकियो, विश्व बैंकको नजरमा सुध्रिँदै नेपाली अर्थतन्त्र र उकालोमा नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : प्रदेश-स्थानीय तहको रकम तोकियो, विश्व बैंकको नजरमा सुध्रिँदै नेपाली अर्थतन्त्र र उकालोमा नेप्से


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको रकम तोकेको छ । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

साताको अन्तिम कारोबारको दिन नेप्से झिनो अंकले बढ्यो भने सुनको मूल्य १ लाख ८० हजार नाघ्यो ।

आजका आर्थिक समाचार :

प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदान तोकियो, कसलाई कति ?

सरकारले आगामी आर्थिक वर्ष (आव) ०८२–८३ का लागि प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानको अनुमानित रकम तोकेको छ ।

अर्थ मन्त्रालयले आगामी आवमा राजस्व बाँडफाँड अन्तर्गत ७ वटा प्रदेश सरकारहरूले ७८ अर्ब ८ करोड ५० लाख र सबै स्थानीय सरकारहरूले ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।

विश्व बैंकको अनुमान- नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढ्दा करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ ।

आज दिनभरमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ ।

एक तोला सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ

स्थानीय बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।

मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

परम्परागत बाली-बीउ लोप हुँदै

परम्परागत एवं रैथाने जातका बाली–बीउ लोप हुँदै गएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले रैथाने बाली–बीउमा किसानको विश्वास घट्दै जाँदा हाइब्रिड बीउको आयात विकराल समस्याका रूपमा समेत रहेको तथ्याङ्क प्रस्तुत गरेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला वर्षदेखि हाइब्रिड बीउको आयात बढ्दो क्रममा रहेको छ । कार्यालय कुलप्रसाद दवाडीले काभ्रेपलाञ्चोकमा ५५३ मेट्रिक टन धानको बीउ, ७४६ मेट्रिक टन मकै, एक हजार ६३ मेट्रिक टन गहुँ, ५२ मेट्रिक टन कोदो, ४३ मेट्रिक टन जौ, फापर र तोरीको बीउ क्रमशः ३८ र २८ मेट्रिक टन आवश्यक पर्ने जानकारी दिए ।

चितवन र मकवानपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु

दुई जिल्लाका केही वडामा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । चितवन र मकवानपुरका पाँच वडामा यो कार्यक्रम सुरु गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । मकवानपुरका तीन स्थानीय तहका चार वडा र भरतपुर महानगरपालिकाको एउटा वडा छनोट भएर कार्यक्रम सुरु गरिएको छ ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार भरतपुरको वडा नं २४ मा तरकारीखेती प्रवर्द्धन, मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा किबीखेती प्रवर्द्धन, इन्द्रसरोवर गाउँपालिका–४ मा तरकारीखेती, हेटौँडा वडा नं १ मा कोदो प्रवर्द्धन, वडा नं १३ मा मेवाखेती प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव सात प्रतिशत पुगेको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव दुई किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको छ । छयालिस मेगावाट विद्युत् उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्‍याउने यसको लक्ष्य छ ।

३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँधस्थलमा बाँधका छ वटा ‘वे’ मध्ये दुईवटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाललगायत संरचना निर्माण भइसकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ०९ बजे

किन जाग्यो ज्ञानेन्द्रमा दरबार पस्ने हुटहुटी ?

अहिले ठूला दलहरु माथि तत्कालीन संसदले २०६३ जेठ ४ गतेको

‘अर्थ’को प्रतिवेदन : ‘स्वास्थ्य’को बजेट खर्च ५६ प्रतिशत, अस्पताल निर्माणदेखि आरोग्य समूह गठनसम्मका प्रगति

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को

हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ

काठमाडौं – ‘हेरा फेरी- ३’को विवादलाई लिएर बलिउड नायक अक्षय

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी- मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा

क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल

काठमाडौं – विश्वकप फुटबल छनोट अन्तरगत युरोपेली देशको आइतबार राति