लदी पूजा गर्दै माझी समुदाय « Khabarhub

लदी पूजा गर्दै माझी समुदाय


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– आज यहाँका माझी समुदायले लदी (कोशी)पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

माझी समुदायको पहिचानसँग जोडिएको सो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ ।   

माझी समुदायको महान् पर्वका रूपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरूमा गर्ने गरिन्छ । नदी आफूहरूको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको मन्थली नगरपालिका–८ गाईखुराका बालकृष्ण माझीले बताए।

सुरुसुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ । 

‘परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि  माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ’, स्थानीय बालकृष्ण माझीले भने, ‘त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ ।’

कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बुढापाकाहरू बताउँछन् । यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको छ ।   

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ४७ बजे

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।