आजका समाचार : कुलमानको बचाउमा प्रतिपक्ष, प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत र ब्राजिल हुँदै अमेरिका छिरेका थिए फर्काइएका नेपाली | Khabarhub Khabarhub

आजका समाचार : कुलमानको बचाउमा प्रतिपक्ष, प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत र ब्राजिल हुँदै अमेरिका छिरेका थिए फर्काइएका नेपाली


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।

मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने स्पष्ट गरेका हुन् ।

सुखानीका सहिदको सम्मानमा बनाइयो हुलाक टिकट, मूल्य १० रुपैयाँ

श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक  

लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रूपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह 

भूमिसम्बन्धी रोकेपछि प्रतिनिधि सभाबाट स्वीकृत भए अन्य पाँचवटा अध्यादेश

संघीय संसद्‍को तल्लो सदन प्रतिनिधि सभाबाट सरकारले गत पुस १४ र २९ गते ल्याएका ल्याएका पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।

प्रतिपक्षी दलहरुको विरोध र असहमतिका बाबजुत बुधबार सरकारले पेश गरेका पाँचवटै अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका हुन् ।

प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ छ । जुन अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ गते जारी गरेका थिए ।

प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

राष्ट्रियसभामा पनि ५ वटा अध्यादेश पेस हुँदै 

गुठीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

रास्वपाको टिप्पणी- प्रधानमन्त्री ओलीलाई लोकतन्त्र मनै पर्दैन

विपक्षीलाई एमालेको आग्रह : सबै मिलेर अध्यादेश पारित गरौँ

संसद् सचिवालयको तर्क- स्वतन्त्रताको नाममा पत्रकारले उत्तेजना फैल्याउने होइन

कुलमान प्रकरणसहित यी तीन विषयमा विपक्षीले तताए संसद् बैठक

कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरे सरकारलाई

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् ।

घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् ।

संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?

देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत

आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो हो : प्रभु साह

उदयपुर सिमेन्ट उद्योगका अवकाशप्राप्त कर्मचारीलाई सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

परराष्ट्रमन्त्री चैत पहिलो साता भारत जाँदै, मोदीसँगको भेटबारे अन्योल

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी चैत पहिलो साता भारत जाने भएकी छन् ।

उनी आगामी चैत ४ गतेदेखि चैत ६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रायसिना डायलगमा सहभागिता जनाउन जाने कार्यक्रम तय भएको हो ।

उनले त्यसक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्न सक्ने बताइएको छ । त्यसबेला उनले ‘सगरमाथा संवाद कार्यक्रम’को निम्तो पनि दिने भएकी छन् । त्यसका लागि समय मिलाउन कूटनीतिक पहल भइरहेको बताइएको छ।

रोगविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयन गरिन्छ : स्वास्थ्यमन्त्री 

दर्ता नगरी सञ्चालित नुवाकोटका दुई अस्पताल बन्द

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु 

कमल थापाले पार्टीमा अञ्जनालाई भित्र्याए, दिए सहमहामन्त्रीको जिम्मेवारी

पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएर राजावादी अभियानमा क्रियाशील अञ्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे ।

थापाले सबै राजावादी , हिन्दुवादी र सङ्घीयता विरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए । दलहरूकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो ।

पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उनले विभिन्न नाकाबाट अवैध रूपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर नं २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई आज निर्देशन दिएका हुन् ।

पोषण सुधारका लागि कुखुरा वितरण

प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत

लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर, सजाय तोक्न बाँकी

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको हो ।

अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहरेको जानकारी दिए ।

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सकिएन सुनुवाइ, फेरि हेर्दाहेर्दैमा

सुनसरीबाट आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ

आपसी समन्वय फितलो भएको उपमेयर डंगोलसँग अनुगमन टोलीको गुनासो 

माइतीघरमा नारा- मुक्कुम्लुङमा ‘नो केबलकार’ (तस्बिरहरू)

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले संस्कृतिको ‘हत्याले विकासलाई नष्ट गर्नेछ’ र ‘पहिचान हराउनेछ’ लेखिएका प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो

प्रधानमन्त्री ओलीलाई ‘हिटलर’को संज्ञा दिने युट्युबरको संसद् प्रवेश पास निलम्बन

कुश्माका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

कालीगण्डकी कोरिडोरको कालीपुलमा सडक कालोपत्र

राजा माग्दै काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय झण्डा बोकेको विशाल र्‍याली निकालिएको छ । बुधबार बृहत् मोटरसाइकल र्‍यालीसहित राप्रपा सडकमा निस्किएको हो ।

र्‍यालीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

बागलुङ पुगेका पूर्वराजाले कालिका भगवतीमा गरे पूजा-अर्चना

ब्राजिल हुँदै अमेरिका छिरेका थिए फर्काइएका नेपाली, दलालविरुद्ध मुद्दा चलाउन अनिच्छुक

नेपाल प्रहरीले अमेरिकाबाट निष्काशित भएर बुधबार नेपाल फर्काइएका ८ जना नेपालीहरूसँग सोधपुछ गरेको छ ।

अमेरिकी जहाजबाटै बुधबार बिहान नेपाल फर्काइएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लगेर ती नेपालीमाथि सोधपुछ गरिएको हो ।

अमेरिका गएको प्रक्रियाबारे उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

अमेरिकाबाट फर्काइएका ८ नेपालीलाई प्रहरीले नियन्त्रणमा लियो

१० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाडौंमा (तस्बिरहरू)

युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव

बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गरेका छन् ।

‘ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राखेका थिए ।

युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक : क्रेमलिन

जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी

जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा

भारतको चिखला खानीमा स्ल्याब भत्किँदा दुई मजदुरको मृत्यु

नयाँ करले केही अस्थिरता ल्याए पनि घरेलु उद्योगलाई फाइदा : ट्रम्प

काबुल विमानस्थलमा बम विस्फोट गराउने संदिग्ध पक्राउ परेको ट्रम्पको भनाइ

चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाउने

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ०४ बजे

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री सुर्खेत आउने

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका भोली शुक्रबार प्रधानमन्त्री केपी

राष्ट्रियसभा सुरु : पाँचवटा अध्यादेश पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। राष्ट्रियसभाको आजको बैठकमा

भारतको सहयोगमा बन्‍दै राप्ती आँखा अस्पतालको अपरेशन थिएटर

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा दाङस्थित राप्ती आँखा अस्पतालमा थिएटर

बलात्कार मुद्दामा पक्राउ परे एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष

स्याङ्जा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता

नेपाल विजनेस समिट काठमाडौँमा हुँदै

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर