अष्ट्रेलियामा दश लाख घर बनाउने विषयमा छलफल चलिरहेको छ : मन्त्री गोयल « Khabarhub

अष्ट्रेलियामा दश लाख घर बनाउने विषयमा छलफल चलिरहेको छ : मन्त्री गोयल


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका उद्योग तथा वाणिज्यमन्त्री पियूष गोयलले अष्ट्रेलियामा दश लाख घर बनाउने विषयमा छलफल चलिरहेको बताएका छन् । गोयलले दश लाख आवास बनाउने विषयमा अष्ट्रेलियासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा मन्त्री गोयलले यसबारे खुलासा गरेका हुन् । यसको लागत ५ खर्ब अमेरिकी डलर रहने जनाइएको छ ।

द अष्ट्रेलिया टुडेका अनुसार गोयलले भारतीय व्यापार एवम् श्रमशक्तिका लागि यो योजनालाई एक अवसरका रुपमा अथ्र्याएका छन् । आवास निर्माण शुरु हुनुअघि भारतीय श्रमिकलाई अष्ट्रेलियाको निर्माण मापदण्डबारे तालिम दिन सकिने उनको भनाइ छ ।

आवास निर्माणको स्थान, अष्ट्रेलियाको वित्तीय भूमिका वा यस परियोजनामा भारतको निश्चित कार्यबारे उनले विस्तृत विवरण भने दिएनन् । यद्यपि उनले यो अवसरका लागि विश्वव्यापी साझेदारी आवश्यक रहने उल्लेख गरे ।

उनले यस परियोजनामा लगानी गर्नेबारे संयुक्त अरब इमिरेट्स यूएईसँग कुरा भएको उल्लेख गरे । यूएई भारतको घरजग्गा क्षेत्रमा महत्वपूर्ण लगानीकर्ता हो ।

अष्ट्रेलियाको घरजग्गा क्षेत्रमा गहिरो समस्या उत्पन्न भइरहेका बेला गोयलको यो घोषणालाई निकै चासोपूर्वक हेरिएको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरोका अनुसार जुलाई महिनामा १५ हजार ७ सय ९६ वटा नयाँ आवास निर्माण गर्न स्वीकृति दिइएको छ । अष्ट्रेलिया सरकारले सन् २०२९ सम्म १२ लाख नयाँ घर निर्माण गर्ने बाचा गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५९ बजे

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म