अष्ट्रेलियामा दश लाख घर बनाउने विषयमा छलफल चलिरहेको छ : मन्त्री गोयल « Khabarhub

अष्ट्रेलियामा दश लाख घर बनाउने विषयमा छलफल चलिरहेको छ : मन्त्री गोयल


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका उद्योग तथा वाणिज्यमन्त्री पियूष गोयलले अष्ट्रेलियामा दश लाख घर बनाउने विषयमा छलफल चलिरहेको बताएका छन् । गोयलले दश लाख आवास बनाउने विषयमा अष्ट्रेलियासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा मन्त्री गोयलले यसबारे खुलासा गरेका हुन् । यसको लागत ५ खर्ब अमेरिकी डलर रहने जनाइएको छ ।

द अष्ट्रेलिया टुडेका अनुसार गोयलले भारतीय व्यापार एवम् श्रमशक्तिका लागि यो योजनालाई एक अवसरका रुपमा अथ्र्याएका छन् । आवास निर्माण शुरु हुनुअघि भारतीय श्रमिकलाई अष्ट्रेलियाको निर्माण मापदण्डबारे तालिम दिन सकिने उनको भनाइ छ ।

आवास निर्माणको स्थान, अष्ट्रेलियाको वित्तीय भूमिका वा यस परियोजनामा भारतको निश्चित कार्यबारे उनले विस्तृत विवरण भने दिएनन् । यद्यपि उनले यो अवसरका लागि विश्वव्यापी साझेदारी आवश्यक रहने उल्लेख गरे ।

उनले यस परियोजनामा लगानी गर्नेबारे संयुक्त अरब इमिरेट्स यूएईसँग कुरा भएको उल्लेख गरे । यूएई भारतको घरजग्गा क्षेत्रमा महत्वपूर्ण लगानीकर्ता हो ।

अष्ट्रेलियाको घरजग्गा क्षेत्रमा गहिरो समस्या उत्पन्न भइरहेका बेला गोयलको यो घोषणालाई निकै चासोपूर्वक हेरिएको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरोका अनुसार जुलाई महिनामा १५ हजार ७ सय ९६ वटा नयाँ आवास निर्माण गर्न स्वीकृति दिइएको छ । अष्ट्रेलिया सरकारले सन् २०२९ सम्म १२ लाख नयाँ घर निर्माण गर्ने बाचा गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा