एकतर्फी सडक व्यवस्थाले हाँडीगाउँ क्षेत्रमा सहज « Khabarhub

एकतर्फी सडक व्यवस्थाले हाँडीगाउँ क्षेत्रमा सहज


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका वडा नं ५ हाँडीगाउँ क्षेत्रका केही मार्गहरूलाई एकतर्फी गरिएका छन् ।

अहिले आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए ।

योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ । यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको घट्दो चाप विश्लेषण गरिएको हो । 

कृष्ण मन्दिर चोक, थटु मार्गमा एकतर्फी हुनुअघि र पछिका तस्बिरले पनि यसबाट सकारात्मक परिणाम प्राप्त भएको देखाउँछ । 

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नं. ५ ले, भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयअनुसार मिति २०८१ फागुन ७ गतेबाट एकतर्फी सडक व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

यस्तो छ महानगरको निर्णय

१-  थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग – हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने,

२- विशालनगरतर्फबाट आउने सवारी साधनहरुलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने,

३-  हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरुलाई थटु मार्गतर्फबाट पठाउने,

४- नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरु वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने

५- ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध

६-वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध

७० बाल मन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १२ : ५७ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको