‘जुठे’बाट बाहिरिएका राजु मास्टरले ‘गोथे’ पात्रलाई लिएर बनाउँदै छन् अर्को सिरियल ? « Khabarhub

‘जुठे’बाट बाहिरिएका राजु मास्टरले ‘गोथे’ पात्रलाई लिएर बनाउँदै छन् अर्को सिरियल ?


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चित मध्येको एक सिरियल ‘जुठे’ । यस निर्देशन र लेखन मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ले संयुक्तरुपमा गर्दै आएका थिए ।

मरिचमान र राजु यो सिरियलका केन्द्रीय पात्र पनि हुन् । मरिचमानले ‘जुठे’ र राजुले ‘गोथे’को भूमिका निर्वाह गर्दै आएका थिए ।

फागुन २१ गते यस सिरियलको १९८ औँ भाग सार्वजनिक भएको थियो । करिब दुई महिनादेखि यसको प्रशारण बन्द छ ।

फेरि ‘जुठे’को प्रशारण सुरु हुने भएको छ । तर, टिममा फेरबदल आएको छ । ‘गाथे’को पात्र निर्वाह गर्ने तथा सिरियलका एक लेखक र निर्देशक राजु पौडेलल ‘जुठे’बाट अलग भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटस लेख्दै आफू सिरियलबाट बाहिरिएको जानकारी दिएका हुन् ।

मरिचमानसँगको खटपटले राजु ‘जुठे’बाट बाहिरिएको गसिप अहिले चर्चामा छ । तर, आफ्नो अर्को सिरियल ‘सकस’मा बढी समय र मिहिनेत गर्न ‘जुठे’बाट अलग भएको राजु बताउँछन् ।

उनले भने, ‘दुई जनाको लेखन र निर्देशन भएकाले कथा मजबुत बनेन । मेरो अर्को सिरियलले गर्दा समय पनि मिलने । मनमुटाव भएर सिरियलबाट बाहिरिएको होइन ।’

‘गोथे’ पात्रलाई लिएर तत्कालै नयाँ सिरियल निर्माण पर्ने विचारमासमेत नरहेको राजुले खबरहबलाई बताए । उनले भने, ‘गोथे पात्रलाई लिएर सिरियल बनाउने भन्नेबारे मैले अहिले सोचेको छैन ।’

यता मरिचमान कलाकारको टोली लिएर छायाङ्कनमा पुगिसकेका छन् । उनी ढिलोमा अर्को साता ‘जुठे’को नयाँ भाग प्रशारण गर्ने तयारीका साथ काम गरिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : १५ बजे

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा