‘जुठे’बाट बाहिरिएका राजु मास्टरले ‘गोथे’ पात्रलाई लिएर बनाउँदै छन् अर्को सिरियल ? « Khabarhub

‘जुठे’बाट बाहिरिएका राजु मास्टरले ‘गोथे’ पात्रलाई लिएर बनाउँदै छन् अर्को सिरियल ?


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चित मध्येको एक सिरियल ‘जुठे’ । यस निर्देशन र लेखन मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ले संयुक्तरुपमा गर्दै आएका थिए ।

मरिचमान र राजु यो सिरियलका केन्द्रीय पात्र पनि हुन् । मरिचमानले ‘जुठे’ र राजुले ‘गोथे’को भूमिका निर्वाह गर्दै आएका थिए ।

फागुन २१ गते यस सिरियलको १९८ औँ भाग सार्वजनिक भएको थियो । करिब दुई महिनादेखि यसको प्रशारण बन्द छ ।

फेरि ‘जुठे’को प्रशारण सुरु हुने भएको छ । तर, टिममा फेरबदल आएको छ । ‘गाथे’को पात्र निर्वाह गर्ने तथा सिरियलका एक लेखक र निर्देशक राजु पौडेलल ‘जुठे’बाट अलग भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटस लेख्दै आफू सिरियलबाट बाहिरिएको जानकारी दिएका हुन् ।

मरिचमानसँगको खटपटले राजु ‘जुठे’बाट बाहिरिएको गसिप अहिले चर्चामा छ । तर, आफ्नो अर्को सिरियल ‘सकस’मा बढी समय र मिहिनेत गर्न ‘जुठे’बाट अलग भएको राजु बताउँछन् ।

उनले भने, ‘दुई जनाको लेखन र निर्देशन भएकाले कथा मजबुत बनेन । मेरो अर्को सिरियलले गर्दा समय पनि मिलने । मनमुटाव भएर सिरियलबाट बाहिरिएको होइन ।’

‘गोथे’ पात्रलाई लिएर तत्कालै नयाँ सिरियल निर्माण पर्ने विचारमासमेत नरहेको राजुले खबरहबलाई बताए । उनले भने, ‘गोथे पात्रलाई लिएर सिरियल बनाउने भन्नेबारे मैले अहिले सोचेको छैन ।’

यता मरिचमान कलाकारको टोली लिएर छायाङ्कनमा पुगिसकेका छन् । उनी ढिलोमा अर्को साता ‘जुठे’को नयाँ भाग प्रशारण गर्ने तयारीका साथ काम गरिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : १५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम