सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु « Khabarhub

सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले आक्रमण गर्दा एक जनाको मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ ।

“उत्तरी समुद्री तटमा सार्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,” प्रहरीले भनेको छ ।

मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ ।

सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो ।

यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए ।

पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबीचको प्रशान्त महासागरका समुद्री तटहरू ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ।

प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो ।

नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर) का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बीचमा डुङ्गामा घुमिरहेका थिए ।

सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भने, “चार–पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरिरको तल्लो भागको एउटा महत्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।”

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  १ : ५० बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।