सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु « Khabarhub

सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले आक्रमण गर्दा एक जनाको मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ ।

“उत्तरी समुद्री तटमा सार्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,” प्रहरीले भनेको छ ।

मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ ।

सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो ।

यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए ।

पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबीचको प्रशान्त महासागरका समुद्री तटहरू ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ।

प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो ।

नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर) का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बीचमा डुङ्गामा घुमिरहेका थिए ।

सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भने, “चार–पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरिरको तल्लो भागको एउटा महत्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।”

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १ : ५० बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन