आजका समाचार : चुनावमा बहुमत ल्याउने ओलीको दाबी, हेटौँडामा चल्यो डोजर र सुदूरपश्चिमको पहिलो हार « Khabarhub

आजका समाचार : चुनावमा बहुमत ल्याउने ओलीको दाबी, हेटौँडामा चल्यो डोजर र सुदूरपश्चिमको पहिलो हार


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् ।

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका हुन् ।

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनले बताए । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे । ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे । उनले एमालेबिरुद्ध जस्तोसुकै हमला भएपनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गरे ।

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : मन्त्री पुन

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा


जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिने दावी गरेका छन् ।

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा पनि अघि बढ्ने दावी गरे ।

उनले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेन-जी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको बताए ।

जने-जी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न वृहत एकता गरिएको उनको भनाइ छ । प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे ।

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले केबल ११ ओभर ६ बलमा पूरा ग¥यो । खेलमा सुदूरपश्चिमका ओपनरद्वय फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक बनाए । हेज्लेटले २७ बलमा ५१ रन बनाए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, फाफले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाए । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले २ र हरमित सिंहले एक विकेट लिए ।

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

अर्धशतक प्रहार गरेका विराटनगरका दुबै ओपनर आउट

एनपीएल : टस जितेको पोखराले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

चितवनले सस्तैमा गुमायो तीन विकेट

चितवनले गुमायो चौथो विकेट

पोखराका रोसिङ्टनको अर्धशतक

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५(२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका गुरूप्रसाद अधिकारीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५(२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

अदालतको आदेशविपरीत हेटौँडा बजारमा किन चल्यो डोजर ?

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

बजार अनुगमनमा विभाग थप सक्रिय

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

अदानचुलीका सडक स्तरोन्नति गरिँदै

वालिङ–हुवास सडक कालोपत्र हुँदै

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु
गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जना सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन् ।

गोलाबारीमा अन्य चार जना घाइते भएको दक्षिणी अफगानिस्तानको स्पिन बोल्डक जिल्लाका गभर्नरसमेत रहनु भएका जहादलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

पाकिस्तानी सीमावर्ती सहर चमनको स्थानीय अस्पतालमा झडपका क्रममा घाइते भई उपचाररत चार जनालाई डिस्चार्ज गरिएको बताइएको छ ।

अक्टोबरको झडप पछि सहमति भएको युद्धविरामको बाबजुद चमन र स्पिन बोल्डक बिचको सिमामा अप्रत्यासित आक्रमण गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् ।

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

क्यानडाको श्रम बजारमा सुधार



















प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ७ : ५९ बजे

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको