आजका समाचार : शिक्षकलाई साथ दिँदै दल, बालेन-सुनिता पाएनन् तलब र ट्रम्पको भन्सार शुल्कले शेयर बजारमा आतंक | Khabarhub Khabarhub

आजका समाचार : शिक्षकलाई साथ दिँदै दल, बालेन-सुनिता पाएनन् तलब र ट्रम्पको भन्सार शुल्कले शेयर बजारमा आतंक


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

आन्दोलित शिक्षकलाई प्रधानमन्त्रीले भने- सडकमा बसिरहनु पर्दैन, संवादबाट सम्बोधन गर्नेछौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् ।

फरेन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाकाबीच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताए ।

‘जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौँ’, उनले भने ।

राजावादी दलबारे प्रधानमन्त्रीको टिप्पणी : सपथ खाएपछि संविधान मान्दिनँ भन्न पाइँदैन

कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर बने माओवादी उपाध्यक्ष

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको अवस्था बारे कानुन समितिले स्थलगत अनुगमन गर्ने    

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

पूर्वराजाका पछाडि भारतको हात छजस्तो लाग्दैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका पछाडि भारतको हात रहेको भन्ने आशंकाका प्रति आफूलाई कुनै विश्वास नभएको बताएका छन् ।

गणेशमान सिंह फाउन्डेसनले सोमबार आयोजना गरेको एक अन्तरक्रियामा उनले नेपालमा राजसंस्था फर्काउन भारतले चाहना राखेको हल्लाका प्रति आफूलाई विश्वास नभएको जिकिर गरेका हुन् ।

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा देउवाले पछिल्लो समय चलेको हल्लाबारे भने, ‘कहिलेकाँही यस्ता कुराहरू उठी रहन्छन्, मलाई त विश्वास छैन । नेपालमा अहिले पूर्वराजा चल्मलाउनु भएको छ । भारतको के छ भन्ने हल्ला छ के, हेर्नुस् ।’

योगी आदित्यनाथ गणतन्त्रको पक्षमा छन् : देउवा 

प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान : अध्यक्ष ठाकुर

नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

जनताका असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्ने राजावादीको प्रयत्न अनुचित : उपमहासचिव ज्ञवाली

महानगर तलब : बालेन, सुनिता र वडाध्यक्षले पाएनन्, अरू क–कसको बाँकी ?

काठमाडौं महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिको रोकिएको तलब सोमबारबाट भुक्तानी गर्न सुरू गरेको छ ।

तीन महिनादेखि महानगरमा प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा जनप्रतिनिधि र कर्मचारीले तलब पाएका थिएनन् ।

प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली

सहकारी र लघुवित्त पीडितको राष्ट्रपति भवननजिक धर्ना (तस्बिरहरू)

जमिन जोत्नेहरु नै भूमिहीन र भोकै हुने व्यवस्था अन्त्य हुनुपर्छ : शान्ता चौधरी

कुनै नेतालाई पक्राउ गर्दैमा आन्दोलन कमजोर हुँदैन : राजेन्द्र लिङ्देन

जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ

गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले खबरहबलाई बताएअनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये अहिलेसम्म चारजना समातिएका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का छन् । उनलाई प्रहरीले चैत १८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।

जडीबुटी कम्पनीमा आगो लगाउँदाकै टी-सर्टमा घुमिरहेका थिए कुमार तामाङ

यस्ता छन्, कारागारबाट रवि लामिछानेले दिएका चार सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीसम्बद्ध नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।

गोर्खा मिडिया नेट्वर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछानेलाई उच्चअदालत तुलसीपुर बुटवल इजलासबाट थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरी उनलाई हाल भैरहवा कारागार चलान गरिएको छ । कारागारबाट लामिछानेले पार्टी नेता, कार्यकर्ताका नाममा सन्देश प्रवाह गरेका छन् ।

लामिछानेले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन दलसम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

रवि लामिछाने कारागार चलान

भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो रविलाई, भने- अदालतप्रति सम्मान छ

अन्नपूर्णको हिउँपहिरोमा परी दुई जना बेपत्ता

कालो मास्क लगाएर मौन प्रदर्शनमा उत्रिए शिक्षक (तस्बिरहरू)

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शिक्षकहरूले सोमबार काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् ।

महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रित भएका छन् ।

आन्दोलनरत शिक्षकसँग तत्काल वार्ता गर्न जसपाको सुझाव

आन्दोलित शिक्षकलाई माओवादीको साथ, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग

शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग

शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

वीरेन्द्रनगरमा खानेपानी संकट : पानी आउने पालो चार दिनमा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अब चार दिनको एक दिन मात्र खानेपानी आउने भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले सुख्खा खडेरीका कारणले चार दिनमा एक दिन पानी वितरण गर्ने जनाएको हो ।

सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि संस्थाले तीन दिनको फरकमा पानी वितरण गर्न लागेको हो । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार नै हुँदै आएको छ । अघिल्ला वर्षहरूमा चैतदेखि खानेपानीको संकट सुरु हुने गरेको थियो ।

पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

बस्ती संरक्षणका लागि नदीमा ग्याबियन पर्खाल निर्माण

शुक्लाफाँटा निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य

काठमाडौंको वायु आज पनि निकै अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ०१ बजे

पाचँकन्या सामुदायिकमा एक महिलाको शव फेला

सुनसरी – धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव

नेपाल र भारतका सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक

वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने

काठमाडौं – वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो

अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा