रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ?
जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनाको हकमा उक्त आदेश दिएका हुन् ।
रविको हकमा न्यायाधीश राईले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले खबरहबलाई जानकारी दिए ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि रास्वपालाई राहत भएको छ ।
२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी
अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने
रविका साझेदार छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश, बिगो थियो ७४ करोडको
न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ
सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्यो
रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश
निर्मल पूर्जाबाट घर मालिकलाई एक करोड १४ लाख क्षतिपूर्ति भराउने फैसला
अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
गैँडाको खागसहित झापाबाट एक जना पक्राउ
एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर
अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीबिना मैदानमा उत्रिएर जित्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गरेका छन् ।
अनेरास्ववियुले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार एमालेको केन्द्रीय कार्यालयमा गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले स्थापित र सफल खेलाडीले अरूको वैशाखी नटेकी आफैँ दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे ।
अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान बन्दै अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिए ।
अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे
जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपर्यो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
शिक्षामन्त्रीको गुनासो- विश्वविद्यालय सुधार्न खोज्दा हस्तक्षेपको आरोप लगाउँछन्
‘म्याजिक नम्बर’को तनावमा गगन र विश्वप्रकाश
‘जुन पार्टी जति बलियो भए पनि ५ वर्ष सरकार चलाउन नपाउने रहेछ । अनि कि चुनाव अगाडि मिल्ने भए कि चुनाव पछाडि मिल्ने भए । चुनाव अगाडि मिल्नु हुँदैन भन्ने त कुरै हो हाम्रो । कोही मिल्दैनन् । जो मिल्यो त्यो गयो । तर, चुनाव अगाडि नमिलेर के गर्ने ? चुनावपछि मिलिहाल्छन् फेरि । किन मिल्छन् भने चुनावपछि बहुमत नै पुग्दैन । कसैको बहुमत नपुगेपछि त कोहीसँग मिल्नुपर्यो । एउटा म्याजिक नम्बर भन्दै आइहाल्छ फेरि । ठूलो नमिले सानो आउँछ ।’
यो भनाइ हो नेपाली कांग्रेसका महामन्त्री गगन थापाको । पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गतसाता हेटौंडा र पोखरा पुगेका महामन्त्री थापाले कुनै पनि दलको बहुमत आउने प्रणाली नभएको अवस्थामा ‘म्याजिक नम्बर’ वाला समस्या आइरहने भन्दै चिन्ता प्रकट गरेका हुन् ।
महामन्त्री गगन थापाकै जस्तो चिन्ता अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि छ । शर्माले पत्रकार टीकाराम यात्रीसँगको अन्तरवार्तामा भने ‘संविधान संशोधनको ढोका खोल्ने हो भने सिधासिधी कुरो छ, ५ वर्ष एउटा व्यक्ति प्रधानमन्त्री रहने खालको पद्दति कुरा के हुन सक्छ भन्ने गहन बहसमा जानुपर्यो । मैले प्रस्तावै गरेको छु– जुन दल सबभन्दा ठूलो बन्छ, सिट संख्या र पपुलर भोटको आधारमा । त्यो दलले मात्रै सरकार चलाउन पाउने, अरू दल बाहिर बस्नु पर्ने विधि बनाऔँ ।’
संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमतिविपरीत छ : एनपी साउद
उद्योगमन्त्री भन्छन्- उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्
‘जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ’
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्रीको जोड
संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बैठक हलमै भनाभन भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित बैठकमा दुईजनाबीच चर्काचर्की भएको हो ।
सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए ।
सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक
हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले अल्पायुमा पर्ने सम्भावना कम गराउने देखाएको छ।
अध्ययनले दिउँसो कफी पिउँदा भन्दा बिहान कफी पिउँदा ह्दयघात भएर ज्यान जाने सम्भावनालाई कमी गराउन सक्ने निष्कर्ष निकालेको हो। तर यो एउटै कारण हो या अन्य पनि कारण हुन सक्छन् भन्ने पुष्टि हुन बाँकी छ।
प्रमुख अनुसन्धानकर्ता तथा टलान विश्व विद्यालय ओबिसिटी रिसर्च सेन्टरका प्राध्यापक डा. लुक्वीले बिहान कफी पिउँदा हुने कम जोखिमका सबै कारण भने पत्ता लागि नसकेको बताउँछन्। उनी सहितका टोलीले गरेको अध्ययनको रिपोर्ट बुधबार युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको छ।
डा. लुक्वी यसका लागि अझ धेरै क्लिनिकल ट्रायल आवश्यक रहेको बताउँछन्। उनले साँझको समयमा शरीरको अन्य भागको गति धेरै फरक हुने भएकाले बिहानको समयमा पिउँदा शरीरको आन्तरिक अवस्था फरक हुने भएकाले यसले असर गर्न सक्ने बताएका छन्।
एक साताको शीतलहरपछि कञ्चनपुरका विद्यालय बन्द
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
एचएमपिभी साधारण रुघाखोकीको भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
अर्थसंक्षेप : विश्वबैंकको ऋणमा नेपालको लाइफलाइन, पुँजीगत खर्चमा प्रदेश सरकार अब्बल
लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताएका छन् ।
अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले
क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर
हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो ।
दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा सवै विकेट गुमाएर ७१ रन बनायो । बहत्तर रनको विजयी लक्ष्य बैतडीले १२ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि रेवती धामीले ४१ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ बैतडीका लागि जानकी थापाले दुई विकेट लिइन् । उनी वुमन अफ दी फाइनल घोषित भइन् । बैतडीकी ऋतु कनौजिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी घोषित भइन् ।
विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्ट, क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरे।
प्रतिक्रिया