आजका समाचार : बजेटमा चित्त दुखाए देउवाले, अखिलको नेतृत्व पनि चुनावबाटै र लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क | Khabarhub Khabarhub

आजका समाचार : बजेटमा चित्त दुखाए देउवाले, अखिलको नेतृत्व पनि चुनावबाटै र लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

मन्त्री लेखकले भने- गृह मन्त्रालयमा नीतिगत सुधारका काम गर्दैछु

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा सुधारका लागि काम गरिरहेको बताएका छन् । आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू थालिसकेको पनि जवाफ दिएका छन् ।

संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।


आफूले गृह मन्त्रालयको नेतृत्व लिएको ११ महिना पूरा हुन लाग्दा थुप्रै नीतिगत सुधारका काम गरेको जिकिर लेखकले बैठकमा गरेका छन् ।

‘यो सरकार गठन भएको ११ महिना भएको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ’, उनले भने, ’मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छु ।’

कुव्यवस्थाले हराएको जनकपुरधामको इतिहास बल्ल फर्किएको छ : प्रधानमन्त्री ओली

नागरिकतासम्बन्धी विधेयक सुशासन समितिबाट पारित

केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन

अनेरास्ववियुमा पनि एमालेको निर्देशन अलपत्र पर्ने अवस्था, निर्वाचन माग्दै विद्यार्थीको चर्को नाराबाजी

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

समाजवादी क्रान्ति नयाँ चरणमा लैजान्छौँ : अध्यक्ष प्रचण्ड

रास्वपाको आरोप- भिजिट भिसा प्रकरणमा अख्तियारले नौ पटक पत्र लेख्दा पनि गृहले टेरेन

नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव

गृहमन्त्रीले बजेटको बचाउ गर्दा देउवाले भने- मलाई र पार्टीलाई चित्त बुझेको छैन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफुलाई चित्त नबुझेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई पनि चित्त नबुझेको बताएका हुन् ।

उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको पनि धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने धारणा पनि राखेका छन् ।

अखिलको नेतृत्व पनि चुनावबाटै, सर्वसम्मत गर्ने एमालेको प्रयास असफल

अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

कान्समा जाँदाको खर्चबारे महालेखाको प्रश्नसँगै अख्तियारले पनि बोलायो बालेनलाई

अखिलको नेतृत्व पनि चुनावबाटै, सर्वसम्मत गर्ने एमालेको प्रयास असफल
नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले निर्वाचनबाटै नेतृत्व छान्ने निश्चित भएको छ।

एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोसिसमा एमाले थियो । त्यहीअनुसार महाधिवेशन हलमा निर्वाचन कमिटीले अध्यक्ष र महासचिवसहितको नाम सुनाएपछि विद्यार्थीहरू विरोधमा उत्रिएका थिए ।

विद्यार्थीहरूले चर्को विरोध गर्दै निर्वाचनमा जानुपर्ने माग गरेपछि एमालेले बुधबारका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालले निर्वाचनमा जान नदिई सर्वसम्मत नेतृत्व छान्न हस्तक्षेप गरेपछि नाराबाजी भएको थियो ।

अनेरास्ववियुमा पनि एमालेको निर्देशन अलपत्र पर्ने अवस्था, निर्वाचन माग्दै विद्यार्थीको चर्को नाराबाजी

गोक्यो तालमा हामफाल्न हिँडेका चिनियाँको उद्धार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

महानगर कार्यालयकै पानीमा कोलिफर्म : आपूर्तिकर्तालाई दुई लाख जरिवाना, सम्झौता भङ्ग

सिप मेला अवलोकन पछि खोटाङका दुई मेयरले भने- हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ

गण्डकीमा नीति, कार्यक्रम र बजेटको तालमेल नमिल्दा विकासले लय लिन सकेन
गण्डकी प्रदेशले नीति, कार्यक्रम र बजेटबीच समन्वय गर्न नसक्दा अपेक्षित प्रगति गर्न नसकेको आवाज फेरि एकपटक बजेट बहसमा गुञ्जिएको छ। राजस्वको आफ्नै स्रोत सघन रूपमा परिचालन गर्न नसकिएको, संघीय सरकारको अनुदानमै भर पर्नु परिरहेको, र बजेट कार्यान्वयनमा कमजोरी देखिनुजस्ता पुरानै पीडा दोहोरिएको छ।

पोखरामा आयोजित प्रदेश सभाको अर्थ तथा विकास समिति, युनडिपीको संसद सहयोग परियोजना र संसदीय पत्रकार मञ्च गण्डकीको संयुक्त आयोजनामा भएको छलफलमा सहभागीले विज्ञहरूले प्रदेशलाई अब आत्मनिर्भरतातर्फ मोड्नुपर्ने सुझाव दिए।

छलफलमा प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले बजेटको प्राथमिकता र कार्यान्वयनमा कमजोरीले अर्थतन्त्र सबल बन्न नसकेको स्पष्ट गरे। ‘पूर्वतयारीबिना बजेट विनियोजन भइरहँदा कार्यान्वयनमा समस्या आइरहेको छ,’ काफ्लेले भने, ‘आन्तरिक स्रोत कमजोर छ, खर्चमा मितव्ययिता आवश्यक छ।’

महाकाली करिडोरमा पर्ने रूख कटान 

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 

नेपाल र साउदीबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

लागूऔषध कारोबारीलाई गोली हानेर समातियो

दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू)

भेरीमा २७० मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिने

लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दा ट्रम्पद्वारा सैनिक तैनाथ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिएका छन् ।

ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड सैनिकहरूको असाधारण परिचालन ठूलो विदेशी जन्म र ल्याटिनो जनसङ्ख्या भएको लस एन्जलस सहरमा दर्जनौँ आप्रवासी पक्राउद्वारा सुरु गरिएको सडक विरोधको चौथो दिनमा आएको हो ।

अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

इजरायलले नियन्त्रणमा लिएको राहतसहितको जहाज असाद बन्दरगाहमा

लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना
















प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ५३ बजे

कागतीले उचित बजार नपाउँदा किसान मारमा

झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता