आजका समाचार : कार्यवाहक सभापति तोक्न देउवालाई शशांकको सुझाव, भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयको विरोध-आन्दोलन गर्ने चेतावनी र अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ | Khabarhub Khabarhub

आजका समाचार : कार्यवाहक सभापति तोक्न देउवालाई शशांकको सुझाव, भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयको विरोध-आन्दोलन गर्ने चेतावनी र अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

देउवालाई शशांकको सुझाव- केन्द्रीय समिति विघटन गरेर कार्यवाहक सभापति तोक्नुस्

नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन् ।

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन् ।

कार्यवाहक सभापतिले नै नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको उनको भनाइ छ । उनले आगामी मंसिरमा हुने गरी पार्टीको महाधिवेशनको मिति तय हुन सक्ने उल्लेख गरे ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण हुँदै, अवस्था सामान्य

कांग्रेस नेतृको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सहयोग अपरिहार्य

पार्टी युवामैत्री बनाउन माग गर्दै कांग्रेस मुख्यालयमा युवाहरूको धर्ना

रास्वपा सचिवालय बैठक : पार्टी धारणामा एक ढिक्का हुन नेताहरूलाई सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार सकिएको छ । बैठकमा पार्टीका नेताहरूले आफूखुसी धारणा राख्दा बाहिर विभिन्न प्रकारका हल्लाहरू आएको भन्दै कार्यवाहक सभापति डिपी अर्यालले नेताहरूलाई गम्भीर ध्यानाकर्षण गराएका थिए ।

विभिन्न नेताहरूसँग छलफल र भेटघाट हुँदा नै नेताले बाहिर आफ्ना मनगढन्ते कुराहरू राखेकाले यसबारे पार्टी नेताहरूलाई गम्भीर हुन अर्यालले निर्देशन दिए । उनको भनाइमा उपसभापति डा. स्वर्णीम वाग्लेले पनि सहमति जनाएका थिए । बैठकमा उपस्थित एक सचिवालय सदस्यका अनुसार वाग्लेले कसैसँग भेट हुँदैमा यसै हुन्छ भनेर अनुमान गर्न नहुने बताएका थिए ।

नेताहरूले आफूलाई निखार्नुपर्ने, बहकाउमा लाग्न नहुने तर्क उपसभापति वाग्लेले पनि राखेको रास्वपा सचिवालयका नेताको भनाइ छ । त्यसपछि पार्टी एक ढिक्का भएर जानुपर्छ भन्ने प्रस्ताव पास भएको ती नेताको भनाइ छ ।

वाग्लेले भने, ‘यहाँबाट दिएको सन्देश फरक भए आम मान्छे ‘कन्फ्युज्ड’ हुन्छन् । एकै स्वर हुनुपर्छ ।’

बैठकमा संवाद समिति निर्माण, सभापति रवि लामिछानेको नख्खु प्रकरण, निर्वाचनको तयारी लगायतबारे छलफल भएको थियो ।

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध, आन्दोलनको चेतावनी

‘सरकारले भूमिहीनको जग्गा पाउने मौलिक हक खोस्यो’

बाँकेमा ४१५ नयाँ मतदाता थपिए

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर

बीपी राजमार्गमा यातायात सञ्चालन

ओली र प्रचण्डलाई भूपू सैनिकको सुझाव- सेनालाई मूर्ख नसोच्नुस्

भूतपूर्व सैनिकहरूले नेपाली सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतले जेन-जी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका हुन् ।

सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताए । नेपाली सेनाले राम्रो काम गर्दा बदनाम सहनुपरेको उनको भनाइ छ ।

केपी ओली, प्रचण्ड लगायतलाई सेनाकोविरुद्धमा बोल्नु अगाडि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मूर्ख संस्था नसोच्न उनले सुझाव दिए ।

लुम्बिनी प्रदेश सरकारद्वारा खर्चमा मितव्ययिता अपनाउन निर्देशन

ऐनापहरा पार्कबाट ६० लाख रुपैयाँ आम्दानी

जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

विद्रोहमा जाने ‘जेनजी अलायन्स फर मोनार्की’ नामक समूहको चेतावनी

‘जेनजी अलायन्स फर मोनार्की’ नामक गरेको एउटा जेनजी समूहले विद्रोहमा जाने चेतावनी दिएको छ । उक्त समूहले शनिबार विज्ञप्ति जारी गरी आफूहरु नै असली जेनजी भएको भन्दै वर्तमान सरकार र राजनीतिक नेतृत्वले वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरूलाई निषेध गरेको आरोप लगाएको छ ।

उक्त समूहले प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफलका लागि बोलाइएका प्रतिनिधिहरू दलसँग आबद्ध विद्यार्थी सङ्गठनको टिकट लिएर चुनाव लडेका वा नेपालको हित विपरीत चलेका विदेशी आईएनजीओको सदस्य मात्र रहेको दाबी पनि गरेको छ ।

‘‘हामी वास्तविक जेन जी समूहका देशभक्त राष्ट्रवादी किशोर किशोरी तथा युवाहरु तपाईंहरुको एकलकाँटे र निषेधको विचार तथा व्यवहार देखेर आजित एवम् शान्तपूर्वक आक्रोशित पनि भएका छौं, हामीलाई फेरि साँच्चै विद्रोहमा जान तपाईंहरुले बाध्य पारिरहनु भएको अवस्था जानकारी दिन चाहन्छौ ।’’ उक्त समूहले भनेको छ ।

‘‘हाल राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी भनी एकपक्षीय वार्ता र संवाद गरिरहेकोमा त्यस षडयन्त्रलाई तत्काल रोकियोस् र सर्वपक्षीय सहमतिको बाटो खोजियोस् भनी अपिल गर्दछौं । नत्र भविष्यमा यसै कारणबाट पर्न जाने क्षतिको जिम्मेवारी सो प्रक्रियामा रहेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, दलहरु र सञ्चारमाध्यम तथा समाजका बुद्धिजिवीहरुले पनि लिनु पर्ने समेत संयमतापूर्वक चेतावनी सहित जानकारी दिन चाहन्छौं ।’’ उक्त समूहले भनेको छ । उक्त समूहले राष्ट्रपति र प्रधानमन्त्रीले जेनजीका नाममा राजनीतिक दलका कार्यकर्ता र विदेशी एजेन्टसँग छलफल गरिरहेको आरोप लगाएको छ ।

टासी ल्हाजोमलाई मन्त्री बनाइनुअघि नागरिकता छानबिन होस् : जेनजी कर्णाली

मिराज ढुङ्गानाले सबै दललाई भने- स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिनुस्

मानवसेवा आश्रममा आश्रितको मृत्यु

नेपालगञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू)

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।

हाल दुईवटा ‘फ्लडलाइट’ पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ ।

आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

कैलालीमा एक युवकको हत्या, टाउको बोकेर दुईजना पुगे प्रहरीमा 

खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु

सीसँगको बैठक रद्द नगरेको ट्रम्पको स्पष्टोक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणी स्पष्ट पारेका छन् ।

म्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज तत्व) हरूको निर्यातमा इजाजतपत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएकोमा आश्चर्य व्यक्त गर्दै यस कदमलाई ‘अप्रत्याशित’ भने ।

“मैले बैठक रद्द गरेको होइन । यद्यपि, त्यो निश्चित छ वा छैन भन्ने कुरा पक्का छैन । जे भए पनि म त्यहाँ हुनेछु । म अनुमान गर्छु, बैठक हुन सक्छ । तर उनीहरूले संसारलाई अचम्म पार्ने कदम चाले । अचानक, कुनै पूर्वसूचना बिना उनीहरूले यो सम्पूर्ण आयात–निर्यात अवधारणा ल्याए, जसको बारेमा कसैलाई थाहा थिएन”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।

यसअघि उनले चीनले दुर्लभ पृथ्वी तत्वहरूमा नयाँ निर्यात नियन्त्रण लगाएको ‘धेरै शत्रुतापूर्ण’ कदम भएको टिप्पणी गर्दै सी जिनपिङसँग भेट्ने कुनै कारण नभएको बताएका थिए । उनले अमेरिकाले यसका विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएका थिए ।

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने

ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएपछि ह्वाइट हाउसले भन्यो : शान्तिमाथिको गम्भीर राजनीति

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ५० बजे

‘टीओबी’बारे सुदन गुरुङले भने : फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल

काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी

पर्सामा आइतबारदेखि हैजाको खोप दिइने

पर्सा – पर्साका १४ वटै स्थानीय तहमा आइतबारदेखि हैजाविरुद्धको खोप

शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठ जना पक्राउ

झापा – झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध

म्याग्दीका पशुगोठ ‘बुकी’बाट बेँसी झर्न थाले

म्याग्दी – म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका