आजका समाचार : भारत-पाकिस्तानलाई मिलाएको ओलीको दाबी, कर्णालीमाथि अपमान भएको प्रचण्डको गुनासो र अमेरिका-चीन व्यापार युद्ध कम गर्न सहमत | Khabarhub Khabarhub

आजका समाचार : भारत-पाकिस्तानलाई मिलाएको ओलीको दाबी, कर्णालीमाथि अपमान भएको प्रचण्डको गुनासो र अमेरिका-चीन व्यापार युद्ध कम गर्न सहमत


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सर्वनाशक हतियार निर्माण र थुप्रो लगाउने काम विश्वका लागि खतरनाक

प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको बताएका छन् । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक भएको बताएका छन् ।

सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबाट उन्मूक्तिका लागि विश्व शान्तिको पक्षमा रहनुपर्ने बताएका छन् ।

‘आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भएको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसबाट उन्मूक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्छ र काम गर्नुपर्दछ ।’ उनले भने ।

उपदेशमार्फत् बुद्धले दिनुभएको शिक्षा विश्वका लागि महत्त्वपूर्ण भएको बताउँदै ओलीले भारत र पाकिस्तानको युद्धविरामको सम्झौताप्रति प्रतिबद्ध भएकामा धन्यवाद दिए ।

निजी क्षेत्रका समस्या सम्बोधन गर्न प्रयासरत छौँ : अर्थमन्त्री 

जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी : मुहम्मद युनुस

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

प्रचण्डको गुनासो- सरकारले कर्णालीमाथि अपमान गर्‍यो
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कर्णालीमाथिको अपमान सहन नसकिने चेतावनी दिएका हुन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताए । ‘खबरदार१ यसमा हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’ उनले भने ।

यस्तै माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणासमेत गरे ।

मुलुकी अपराध संहिताको मस्यौदामा छलफल आवश्यक : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ : सञ्चारमन्त्री

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

‘गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्’

बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक : बाबुराम भट्टराई

गौतम बुद्ध शान्ति र अहिंसाका प्रेरणा : मुख्यमन्त्री कँडेल

बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

यसरी मनाइयो उँभौली
किराँत समुदायले आज सोमबार उँभौली पर्व मनाएका छन् । अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यो समुदायले वैशाख पूर्णिमाका दिन उँभौली पर्व मनाउँछन् ।

काठमाडौंमा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका(४ स्थित जगडोल सामुदायिक वनमा उँभौली पर्व मनाएका छन् ।

उँभौलीलाई बालीनाली लगाउने र उँधौलीलाई थन्क्याउने पर्वका रूपमा मनाइन्छ । उँभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

स्वयम्भूमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड

सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

बुद्धको सन्देश विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र : उपराष्ट्रपति यादव

कांग्रेस सभापति देउवाबाट बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना 

बुद्धजयन्तीका अवसरमा पनौती-नमोबुद्ध शान्ति पदयात्रा
दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ ।

‘काभ्रेपलाञ्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्‌घाटन गरेका हुन् ।

सो क्रममा डा यादवले बुद्धजयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको सुरूवात भएको बताए। शाक्यमुनि गौतम बुद्धले कपिलवस्तुमा जन्मेर विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै उनले त्योभन्दा अगाडि पवित्रस्थल पनौतीमा अर्को अवतारका रूपमा जन्मेका कारण पनि यस ठाउँको छुट्टै महत्त्व रहेको उल्लेख गरे।

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला  

नारायणी पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

चौकीडाँडा-कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति
अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम गर्ने कदमस्वरूप ९० दिनका लागि एक(अर्कामाथि लगाइएका भारी भन्सार शुल्कहरू घटाउने सहमति गरेका छन्। यो सहमतिले विश्व बजारमा आएको उथलपुथललाई केही सहज बनाउने विश्वास गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि पहिलो पटक दुवै देशका शीर्ष अधिकारीहरूबीच जेनेभामा वार्ता भएको हो। वार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै दुवै देशले तीन अंकको भन्सार शुल्कलाई दुई अंकमा ल्याउने र वार्ता जारी राख्ने घोषणा गरे।

अमेरिकी वित्तमन्त्री स्कट बेस्सेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली छेङगाङसँगको वार्तालाई उपलब्धिमूलक र प्रभावकारी भएको बताए। दुवै पक्षले एकअर्कालाई ठूलो सम्मान देखाएको पनि उनले पत्रकारहरूलाई जानकारी दिए।

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन फेरि अदालतमा उपस्थित

युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

ट्रम्पको मध्यपूर्व भ्रमणअघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्य

सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती

हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै

जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार

फिलिपिन्समा आज आमनिर्वाचन



प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ५३ बजे

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य