रामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिए
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् ।
संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो। खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो।
त्यसपछि विधेयक संसद्मा पुग्दै गर्दा विवादले उग्र रुप लियो । सुशासनका नाममा बनाइएका नियमहरू उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पनि संसदीय समितिले दिएको थियो। जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडाको भूमिकामा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पेश गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।
राजीनामापछि रामहरिले भने- पार्टीले दबाब दिएको होइन, सभापतिले पर्दैन भने पनि मनले नमानेर छाडेँ
प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन
प्रधानमन्त्रीलाई शिशिर खनालको सुझाव- एक पटक ‘हाउ डेमोक्रेसी डाइज्’ किताब पढ्नुस्
रास्वपामा फर्किने मुकुलको प्रयासलाई सर्वोच्चले स्वीकारेन, रिट नै खारेज
पूर्वराष्ट्रपतिबारे शंकर पोखरेल- पार्टीले सम्मान गर्दा पनि उहाँले आफ्नो गरिमा भुल्नुभयो
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक धोका दिएपछि नेपाली कांग्रेससँग मिल्नुपरेको बताएका छन् ।
धनकुटाको हिलेमा मंगलबारदेखि सुरू एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्मको सफलताको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताउँदै प्रचण्डसँग पटक पटक मिल्दा पनि धोका पाएको बताए ।

‘प्रचण्डसँग पटक पटक सहकार्य गरेको हो । तर उहाँले अनेक प्रकारले असफल बनाउन नसकेपछि हामीलाई सरकारबाट बाहिर राख्न खोज्नु भयो’, उनले भने, ‘प्रचण्डजी हामीलाई छाडेर कांग्रेससँग जानु भयो । हाम्रो योजना उनीहरूको गठबन्धनलाई भत्काउने थियो । पहिलो पटक गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । त्यसबेला पनि धोका भयो । उनी पुरानै गठबन्धनमा फर्किएपछि हामीले नयाँ शिराबाट प्रमुख दलको सहकार्य खोजेका हौँ । त्यसपछि कांग्रेस(एमालेको सहकार्य भएको हो ।’
एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे
एमालेमा कर्ण थापाबाहेक अरू कुनै नेताको फरक मत छैन : शंकर पोखरेल
मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री भन्छन्- मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू
मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन
रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार
प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न अनुमति दिएका थिए ।
कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा सांसदहरूको जोड
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइयो
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदको माग
राष्ट्रियसभा : मल, बीउ र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी
अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश
शक्ति बस्नेत भन्छन्- एक वर्षको अवधिमै सरकारले आफ्नो औचित्य गुमाउँदै गयो
‘लोकतान्त्रिक विधि मिच्नेले नै लोकतन्त्रको पाठ सिकाउनु उचित हुँदैन’
प्रमुख सचेतकहरूसँग छलफलमा जुटे सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन् । मंगलबारको संसद् बैठक सकिए लगत्तै उनी प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।
‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा संसद् बैठक सकिए लगत्तै सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूसँग गर्ने भनिएको संयुक्त छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा प्रतिनिधिसभामा पेस भएको उक्त प्रतिवेदन कार्यान्वयनबारे नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए ।
सचिवालयकाअनुसार सोमबार नै सभामुख घिमिरेले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि सभामुख घिमिरेले छलफल गरेका थिए ।
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति
युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री
कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा
अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल
अध्यक्ष दाहालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना
युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छ : मन्त्री चौधरी
परराष्ट्रमन्त्रीको निष्कर्ष : नेपाली युवाहरू टिकटक लगायत सामाजिक सञ्जालको लतमा फसे
प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो काम : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
मुख्यमन्त्री बानियाँलाई लामा समूहले विश्वासको मत दिने
मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर
देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्ने भएको छ ।
महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उनले बताए ।

सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गरेका छन् । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछी महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो ।
वैदेशिक रोजगारीबाट फर्केर केराखेती गरेका युवाको कमाइ वार्षिक १८ लाख
‘नेप्से एआई’ एप चलाउँदा खाताबाट २८ लाख गायब, ब्यूरोले भन्यो- नचिनेका एप इन्स्टल नगरौँ
टीकापुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
रवीन्द्र ढाँटलाई दुई लाख र खोखो विश्वकप उपविजेतालाई महानगरबाट ११ लाखसहित सम्मान
गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या
पर्साका किसानको गुनासो- खडेरीबाट जोगिएको धानमा मल हाल्नै पाएनौँ
बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो
डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले सहरको प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीन रहित राजधानी बनाउने योजना सफल पार्न सुरक्षा गार्ड तैनाथ गरेका हुन्।
ट्रम्पले सोमबार नै आठ सय राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले अबको अवस्थामा पूर्ण रूपमा गैरकानुनी काम रहित हुने पनि बताएका छन्। सहरमा मेयर मुरियल बाउजरले अपराध बढेको कुरा अस्वीकार गर्दै ३० वर्ष यता नै सबै भन्दा कम अपराध पछिल्लो वर्ष भएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘म हाम्रो राजधानी सहरलाई अपराध मुक्त बनाउन यो घोषणा गर्न गइरहेको छु। यो डिस्को स्वतन्त्रता दिवस हो। यसलाई म पुरानै अवस्थामा लैजान चाहन्छु।’
ट्रम्पले डिसीलाई आपराधिक समूहले नियन्त्रणमा लिएको आरोप समेत लगाएका छन्। महानगरीय प्रहरी विभागको तथ्यांक अनुसार सन् २०२३ देखि २०२४ मा हत्यामा ३२ प्रतिशतले कमी आएको छ। सो सङ्ख्या सन् २०१९ यताको सबै भन्दा कमी हो। यस वर्ष पनि १२ प्रतिशतले कमी आएको छ।
सैनिक तैनाथी बढाएर पुटिन-ट्रम्प वार्ता हुन लागेको जेलेन्स्कीको आरोप
भारतलाई अप्ठयारो पारिरहेको अमेरिका चीनप्रति नरम, अतिरिक्त शुल्कको निर्णय फेरि ९० दिनलाई स्थगित
भारतलाई झनै ठूलो झट्का दिने योजना थियो, तर पुटिनको फोन आयो : ट्रम्प
सुडानको उत्तरी डार्फरमा शरणार्थी शिविरमा आक्रमण, ४० जनाको मृत्यु
रुसी सेनाका लागि विदेशी कपडामा प्रतिबन्ध
अमेरिकाको टेक्सासमा गोली हानाहान, तीन जनाको मृत्यु
भारतमा बाढी अपडेट : मृत्यु हुनेको सङ्ख्या ७० पुग्ने अधिकारीहरूको अनुमान
प्रतिक्रिया