आजका समाचार : एमालेबाट निकालिएका भीम नेकपातिर, दल दर्ताको कोसिसमा सुदन, जेन-जीहरू जुट्दै, कांग्रेस महाधिवेशन विवादमै अल्झियो र अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत | Khabarhub Khabarhub

आजका समाचार : एमालेबाट निकालिएका भीम नेकपातिर, दल दर्ताको कोसिसमा सुदन, जेन-जीहरू जुट्दै, कांग्रेस महाधिवेशन विवादमै अल्झियो र अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

भीम रावललाई नेकपामा फूलमाला र अंकमालले स्वागत

नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षर लगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अंकमाल गरी पार्टीमा स्वागत गरेका थिए।

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : भीम रावल

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

प्रचण्डको आरोप : चारवटा बिहे गरेको भनेर ओलीले मदन भण्डारीको बदनाम गरे

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अपमान र बदनाम गरेको आरोप लगाएका छन्।

एमालेकै पूर्वउपाध्यक्ष डा. भीम रावललाई नेकपामा स्वागत गर्न बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन्।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उनको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारी ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे, यो भन्दा अपमान अरु हुन सक्छरु’

दाहालले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले अब मदन भण्डारीको हुन नसक्ने बताए ।

नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

भीम रावल नेकपातिर लागेपछि कर्ण थापाले भने : अझै पनि नेताहरूलाई एमालेबाट खेद्‍न एउटा पंक्ति सक्रिय छँदैछ

एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर

माओवादीबाट १० नेताको विद्रोह : जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लागेको घोषणा

माओवादी आन्दोलनमा दशकौँदेखि सक्रिय केही केन्द्रीय सदस्यहरूले नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै जनार्दन शर्माको नयाँ राजनीतिक अभियानमा लागेको घोषणा गरेका छन् ।

उनीहरूले शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ नामक नयाँ संगठनमार्फत देशभक्त, वामपन्थी, जनतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई गोलबद्ध गर्ने घोषणा गरेका हुन् ।

नेता लक्ष्मण पन्त, ओम शर्मा, सागर पोखरेल, रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा, दिल निशानी मगर र इञ्जिनियर प्रतीक पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र लोकतन्त्रको अभ्यास नगरी नातावाद, कृपावाद र सत्तालिप्सामा पार्टीलाई डुबाए ।

‘हामीले पटक–पटक पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र पुनर्गठनको माग गर्दै आएका थियौं, तर ती मागहरूलाई बेवास्ता गर्दै अध्यक्ष प्रचण्डले सत्ता र शक्तिको लोभमा माओवादी आन्दोलनकै गौरवशाली इतिहास मेटाउने प्रयास गरेका छन्’, उनीहरूले भनेका छन् ।

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस्

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरूले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए ।

बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए ।

उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरूले खुलस्त रूपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए ।

शशांकको प्रस्ताव : विशेष महाधिवेशन पक्षधरलाई पनि मनाएर पहिले निर्वाचनमा जाऊँ

निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला

जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

सरकार र मेलम्ची सङ्घर्ष समितिबीच भएको सहमति यस्तो छ 

रहबर अन्सारीलाई वाईसीएलको चेतावनी : सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू
नेपाली कम्युनिष्ट पार्टी भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने जनाएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य अन्सारीले वाईसीएलबारे सार्वजनिक रुपमा कडा टिप्पणी गरेपछि अध्यक्ष पुष्प ओली आक्रोशित भएका हुन् ।

अन्सारीलाई चुनौतीसहित जवाफ दिँदै वाईसीएल अध्यक्ष ओलीले झूट बोल्ने काम नगर्न भनेका हुन् ।

‘रहबरजी, वाईसीएल नेपालले जनसेवा गरेको, श्रम तथा उत्पादन अभियान चलाएको अनि अहोरात्र नेतृत्वको सुरक्षामा खटिएको देख्नु भएनछ’, ओलीले भने, ‘आफू आलिसान महलमा बसेर, सुकिलो–मुकिलो भएर हाम्रो संगठनमा आवद्ध लाखौं कार्यकर्ताको भावनामाथि झूट बोल्ने छुट कसले दियो तपाईंलाई ?’

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मधेश सरकार गठनविरुद्ध विरोध प्रदर्शन जारी

निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ । सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशका नेताहरूले संयुक्त रूपमा उक्त जानकारी दिएका हुन् ।

अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न आफ्ना रक्षा क्षमताहरू विस्तार गर्दै आएको छ र परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ । तर इन्डोनेसियाले भने बेइजिङसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहँदै अपेक्षाकृत तटस्थ नीति अवलम्बन गर्दै आएको छ ।

सिड्नीको रोयल अस्ट्रेलियन नेभी बेसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोसँग संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने, ‘हाम्रो साझा सुरक्षालाई बलियो पार्ने उद्देश्यसहित नयाँ द्विपक्षीय सन्धिमा पर्याप्त प्रगति भएको छ । यो सन्धि शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम उपाय सँगै काम गर्नु नै हाम्रो विश्वासको प्रतीक हो ।’

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ

दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा

भुटानको दुई दिने भ्रमण सकेर प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

‘एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू’

म्यानमाको आम निर्वाचनमा महिलाको सहभागिता बढ्दै

























प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ०२ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न