अर्थसंक्षेप : काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोडको, साउनदेखि सार्वजनिक निकायको भुक्तानी पनि विद्युतीयबाटै र २९ अङ्कले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोडको, साउनदेखि सार्वजनिक निकायको भुक्तानी पनि विद्युतीयबाटै र २९ अङ्कले बढ्यो नेप्से


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि सबै सार्वजनिक भुक्तानी प्रणालीलाई अनिवार्य विद्युतीय प्रणाली बनाउनुपर्ने जनाएको छ ।

आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गर्दै सो व्यवस्था गर्न भनेको हो ।

मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ ।

राष्ट्रिय सभागृहमा भएको नगर सभाको १७ औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ७३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।

काठमाडौं महानगरको बजेट : प्राथमिकतामा पूर्वाधार र सामाजिक क्षेत्र

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता चासो देखिएको छ ।

आइतबार नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बैंकिङ समूह तीन दशमलव ३७ र लघुवित्त समूह तीन दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ४७, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ र म्युचुअल फन्ड एक दशमलव ०८ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् शून्य दशमलव ८३, लगानी शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३४, व्यापार शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ ।

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : १४ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा