अर्थसंक्षेप : ऋण तिर्दैमा सकिन्छ निगमको अर्बौं आम्दानी, अघिल्लो सरकारकै कामले अर्थतन्त्र सुध्रिएको वर्षमानको दाबी, नेप्सेमा झिनो वृद्धि र बिटक्वाइनको कारोबारले उचाइ लिँदै | Khabarhub Khabarhub

अर्थसंक्षेप : ऋण तिर्दैमा सकिन्छ निगमको अर्बौं आम्दानी, अघिल्लो सरकारकै कामले अर्थतन्त्र सुध्रिएको वर्षमानको दाबी, नेप्सेमा झिनो वृद्धि र बिटक्वाइनको कारोबारले उचाइ लिँदै


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बिहीबार नेप्सेमा देखियो झिनो अंकको वृद्धि

साताको अन्तिम शेयर कारोबार हरियो भएर बन्द भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अंकले बढेको छ । नेप्से ०.०९ प्रतिशतले बढेर परिसूचक २७८८.२६ विन्दुमा पुगेको छ ।

नेप्से झिनो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस 

कुमारी धनवृद्धि योजनाले साढे १० प्रतिशत लाभांश दिने 

म:ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

एमसीसी परियोजना : १५.४५ करोड डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो

अमेरिकाद्वारा वैदेशिक सहायता समीक्षापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले शुक्रबार दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै आयोजना अगाडि बढाएको हो।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको हो।

संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको यस सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन हुने जनाइएको छ।

नागढुंगा सुरूङ मार्गबाट चल्ने साधनको दस्तुर तोकियो, ६० रुपैयाँदेखि ६०० सम्म

काठमाडौं- तराई र मधेस द्रुतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न

वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभई विगतका सरकारले गरेका राम्रा कामको प्रभाव अहिले मुलुकको अर्थतन्त्रमा देखिएको र अर्थतन्त्रका सूचकहरू केही सकारात्मक भएको दाबी गरेका हुन् । यद्यपि अहिले अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकहरूमा कुनै सुधार नरहेको उनले बताए ।

पुनले अहिले बैंकहरुमा खर्वौँ लगानी योग्य पैसाहरू थुप्रिएर रहे पनि लगानी गर्ने वातावरण बन्न नसकेको जिकिर गरे ।

त्यस्तै उनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका शृङ्खलाको कारण जनतामा चरम निराशा छाएको आरोप लगाए ।

कुमारी ईक्वीटी फण्डले साढे ११ प्रतिशत लाभांश दिने 

एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड 

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

नेपाल वायुसेवा निगमको वासलात : ऋण तिर्दैमा सकिन्छ अर्बौं आम्दानी

सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो समयदेखि राम्रो व्यावसायिक क्षमता प्रदर्शन गर्न सकेको छैन । सरकारकै अन्य केही संस्थानहरू नाफामा चलिरहँदा नेवानि भने लगातार घाटामा चलिरहेको छ ।

वि.सं. २०१५ असार १७ स्थापना भएको निगम पछिल्लो समयमा व्यावसायिक असक्षमताका कारण आलोचनाको केन्द्र बन्दै आएको छ ।

दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र दुईवटा ट्वीनअटरसहित ६ वटा विमान सञ्चालन गर्दै आएको निगमको आम्दानीभन्दा खर्च धेरै छ । अर्थात्, नाफाको दिशातर्फ उन्मुख हुनेभन्दा निगम वर्षेनि घाटामा चलिरहेको छ । यद्यपि, अघिल्ला दुई वर्षको तथ्यांकले निगमले वार्षिक अर्बौं घाटालाई घटाउन सफल भएको देखिन्छ ।

निरन्तर घाटा

निगमले हालसम्म आर्थिक वर्ष ०७९/८० सम्मको मात्रै पूर्ण लेखापरीक्षण सम्पन्न गरेको छ । उक्त लेखापरीक्षणअनुसार निगम आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब ७१ करोड १२ लाख १७ हजार ६८८ रुपैयाँ घाटामा थियो । त्यसको पछिल्लो आर्थिक वर्ष ०७९/८० सम्म आइपुग्दा निगमले वार्षिक घाटामा एक अर्ब चार करोड बढीले कटौती गरेर ६६ करोड ५३ लाख १४ हजार ४३ रुपैयाँमा र्झान सफल भयो ।

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ 

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात  

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।

यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो ।

एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाइमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पु¥याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो ।

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : १५ बजे

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम