साप्ताहिक अर्थसंक्षेप : सरकारी खर्च १५ खर्ब आठ अर्ब, ६२ अङ्कले घट्यो नेप्से, ऋण तिर्दैमा सकिन्छ निगमको अर्बौं र २५ अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : सरकारी खर्च १५ खर्ब आठ अर्ब, ६२ अङ्कले घट्यो नेप्से, ऋण तिर्दैमा सकिन्छ निगमको अर्बौं र २५ अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

१२ जनासम्म यात्रु बोक्ने पानी जहाज दर्ता गर्नु नपर्ने, यस्तो छ समितिको प्रतिवेदन

सरकारले पन्ध्र मिटरभन्दा कम र १२ जनासम्म यात्रु बोक्ने पानी जहाज दर्ता गर्नु नपर्ने ऐन लागू गर्ने भएको छ ।

यो व्यवस्था आन्तरिक जलमार्गमा सञ्चालन हुने पानी जहाजका लागि लागू हुन सक्नेछ । पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनले यस्तो व्यवस्था प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभाको विधायन समितिको प्रतिवेदनमा विधेयकबारे यस्तो ऐन व्यवस्था गर्न प्रस्ताव गरिएको हो । प्रतिवेदनको दफा ४ ले विधेयकको दफा ३ मा रहेको ऐन लागू नहुने व्यवस्था स्पष्ट पारेको छ ।

प्रतिवेदनअनुसार यान्त्रिक शक्ति प्रयोग नभएको, पन्ध्र मिटरभन्दा कम लम्बाइ भएको, बाह्र जनासम्म यात्रु बोक्न सक्ने तोकिएको भारवहन क्षमता भएको वा नेपाल सरकारले यस ऐनको व्यवस्था लागू नहुने भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको पानीजहाजका लागि ऐनअनुसार लागू नहुने भनिएको छ ।

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् शेरबहादुर

सातामा नेप्से ६२ अङ्कले घट्दा रिपब्लिक मिडियाको शेयरमा उछाल

शेयर बजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा साउनको अन्तिम साता चार दिनमात्र कारोबार भयो । साउन २६ गते सोमबारदेखि २९ गते बिहीबारसम्मको चार कारोबार दिनमा नेप्से ६२ अङ्कले घट्यो ।

अघिल्लो साताको बिहीबार २८५०.३७ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा २७८८.३६ बिन्दुमा झर्‍यो ।

चार दिनमा सोमबार २७.९०, मङ्गलबार २६.२२ र बुधबार १०.५० अङ्कले नेप्से घट्यो । साताको अन्तिम दिन बिहीबारमात्र नेप्से २.६२ अङ्कले बढ्यो ।

पूरै सातामा ३० अर्ब ७५ करोड ५१ लाख ९८ हजार रुपैयाँको कारोबार हुँदा सोमबार १० अर्ब २१ करोड, मङ्गलबार ६ अर्ब ९१ करोड, बुधबार ६ अर्ब १६ करोड र बिहीबार सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भयो ।

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

म:ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)

सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक वर्ष (आव) ०८१/८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

विवरण हेर्दा गत आवको तुलनामा बैङ्कहरूको औसत वित्तीय अवस्थामा सुधार आएको देखिएको छ । अधिकांश बैङ्कको नाफा र वितरणयोग्य नाफाको प्रतिशत पनि बढेको छ ।

गत आवमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्न नबिल बैङ्क सफल भएको छ । सबैभन्दा बढी वितरणयोग्य नाफा ग्लोबल आइएमई बैङ्कले आर्जन गरेको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार; गत आवमा नबिल बैङ्कले सबैभन्दा धेरै सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन नाफा सो बैङ्कको अघिल्लो आव ०८० को तुलनामा झण्डै एक अर्ब रुपैयाँले धेरै हो । अर्थात्

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस 

कुमारी धनवृद्धि योजनाले साढे १० प्रतिशत लाभांश दिने 

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो वृद्धिमा विश्वास गर्दिनँ । स्वच्छ, स्वस्थ र दिगो दिशामा अर्थतन्त्रलाई ड्राइभ गर्नुपर्छ । यो शिलशिलामा केही समस्याहरू आए पनि दिगो विकासका लागि केही समय सहनु पनि पर्छ भन्ने मलाई लाग्छ । यो पूरै सिद्धान्तका पछाडि अर्थतन्त्र उत्पादनशील होस् भन्ने नै हो ।

म के कुरामा विश्वास गर्छु भने अर्थतन्त्र ध्वस्त भइसकेपछि कुनै राजनीतिक प्रणाली महान हुँदैन । कुनै राजनीतिक प्रणाली ग्राह्य वा अग्राह्य हुनलाई आर्थिक आधार सुदृढ हुनैपर्छ । त्यसकारण यी दुईवटाको बीचमा जबसम्म तालमेल हुँदैन तबसम्म राम्रो समाजमा, सुरक्षित समाजमा बसेको हुँदैन ।

हामीले विगतमा धेरै विकासका कुरा गरेका छौँ, लगानीका कुराहरू गरेका छौँ । शुसासनकै वरिपरि मेरो कुरा रहन्छ । हाम्रो विकासमा लगानी त प्रशस्त भएको छ तर विकासका प्रतिफल जस्तो आउनुपर्ने हो, आएका छैनन् ।

खास गरेर राष्ट्र बैंकको सेरोफेरोमा हेर्ने हो भने आर्थिक गतिविधिलाई चलायमान कसरी बनाउने ? अर्थतन्त्रलाई कसरी स्थायित्व दिने ? यो सिद्धान्तबाट सञ्चालित हुनुपर्छ होला भन्ने मलाई लाग्दछ ।

आर्थिक गतिविधि चलायमान भनेको के हो ? आर्थिक गतिविधि चलायमान कुन ढंगले हुने ? खास गरेर बैंकिङ क्षेत्रको कुरा गर्दा लगानीतर्फ हे¥यो भने प्रशस्त लगानी भएको देखिन्छ, यद्यपि पछिल्ला दिनमा माग पनि कम भएको छ । तर, भएको लगानीले पनि कहाँ प्रतिफल दियो ?

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड 

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड

एमसीसी परियोजना : १५.४५ करोड डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो

अमेरिकाद्वारा वैदेशिक सहायता समीक्षापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले शुक्रबार दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै आयोजना अगाडि बढाएको हो।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको हो।

संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको यस सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन हुने जनाइएको छ।

नागढुंगा सुरूङ मार्गबाट चल्ने साधनको दस्तुर तोकियो, ६० रुपैयाँदेखि ६०० सम्म

काठमाडौं- तराई र मधेस द्रुतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न

कुमारी ईक्वीटी फण्डले साढे ११ प्रतिशत लाभांश दिने 

नेपाल वायुसेवा निगमको वासलात : ऋण तिर्दैमा सकिन्छ अर्बौं आम्दानी

सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो समयदेखि राम्रो व्यावसायिक क्षमता प्रदर्शन गर्न सकेको छैन । सरकारकै अन्य केही संस्थानहरू नाफामा चलिरहँदा नेवानि भने लगातार घाटामा चलिरहेको छ ।

वि.सं. २०१५ असार १७ स्थापना भएको निगम पछिल्लो समयमा व्यावसायिक असक्षमताका कारण आलोचनाको केन्द्र बन्दै आएको छ ।

दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र दुईवटा ट्वीनअटरसहित ६ वटा विमान सञ्चालन गर्दै आएको निगमको आम्दानीभन्दा खर्च धेरै छ । अर्थात्, नाफाको दिशातर्फ उन्मुख हुनेभन्दा निगम वर्षेनि घाटामा चलिरहेको छ । यद्यपि, अघिल्ला दुई वर्षको तथ्यांकले निगमले वार्षिक अर्बौं घाटालाई घटाउन सफल भएको देखिन्छ ।

निरन्तर घाटा

निगमले हालसम्म आर्थिक वर्ष ०७९/८० सम्मको मात्रै पूर्ण लेखापरीक्षण सम्पन्न गरेको छ । उक्त लेखापरीक्षणअनुसार निगम आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब ७१ करोड १२ लाख १७ हजार ६८८ रुपैयाँ घाटामा थियो । त्यसको पछिल्लो आर्थिक वर्ष ०७९/८० सम्म आइपुग्दा निगमले वार्षिक घाटामा एक अर्ब चार करोड बढीले कटौती गरेर ६६ करोड ५३ लाख १४ हजार ४३ रुपैयाँमा र्झान सफल भयो ।

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ 

विपत्तिले छेक्दै विकासको बाटो : खुम्चिँदै स्तरोन्नितको थ्रेसहोल्ड

‘थ्रेसहोल्ड ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय जोखिम सूचका‌ङ्कको प्राप्ताङ्क २८.९६ रहेको छ। विगतमा २५ भन्दा कम रहेको यो सूचकाङ्क पछिल्ला समीक्षाहरूमा थ्रेसहोल्डको नजिक रहेकाले आर्थिक तथा वातावरणीय जोखिमका कारण यस सूचका‌ङ्कको मान दीगो बनाउने कार्य चुनौतीपूर्ण देखिएको छ ।’

याे अंश सरकारले तयार गरेको चालु मध्यमकालीन खर्च संरचना (आर्थिक वर्ष २०८२/८३-२०८४/८५) बाट यहाँ उधृत गरिएको हो । सरकारले यस्तो खर्च संरचनालाई आवधिक योजना र वार्षिक बजेटबीच तादाम्यता मिलाउने महत्वपूर्ण औजार मानेको छ ।

जारी सोह्रौँ योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६) को पृष्ठभूमिमा लेखिएको छ –

सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सक्रिय सहभागितामा वि.सं. २०८३ (सन्‌ २०२६) मा नेपाललाई अतिकम विकसितबाट विकासशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ (सन्‌ २०३०) सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुर्‍याउने लक्ष्य तय गरिएको छ ।’

यस्तो लक्ष्य किटेर देशको नाम विकासशील सूचीमा चढाउन खोजिरहेको सरकार एक वर्षभित्रै झस्किएको छ । सम्पत्ति शुद्धीकरण नियामक अन्तरराष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले ‘ग्रे लिष्ट’मा राखिदिएपछि सरकार उसै पनि तनावमा छ ।

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात  

२५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन मनी लाउन्डिरिङको ग्रे लिस्ट सन्दर्भ देखाउँदै सहकारीहरूको विवरण माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै सहकारी विभागले जोखिममा आधारित सहकारी संघ/संस्थाहरूको अनुगमन गर्ने प्रयोजनको लागि सहकारीहरूको विवरण माग गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै सहकारी संघ/संस्थाहरूले साउन मसान्तभित्र गुगल फर्ममा विवरण प्रविष्ट गराउने गरी स्थानीय तहहरूलाई परिपत्र गरिदिन गरेको अनुरोधअनुसार सामान्य प्रशासन मन्त्रालयले सो पत्राचार गरेको हो ।

कृषि विकास बैंकको नाफा बढ्यो

नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप 

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो 

नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड

नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा कोषको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

कोषको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा १३.७१ प्रतिशत बढी हो । गत वर्ष कोषको २३.७५ प्रतिशत घटेर ३३ करोड ७३ लाख ३० हजार रुपैयाँ देखिएको छ ।

कोषको जम्मा आम्दानी २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ हरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो ।कोषको खर्च ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले कम हो ।

कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा आएको छ । कोषको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ ।

कार्बन सञ्चितिवापत् नेपालले सन् २०२८ सम्ममा १० अर्बभन्दा बढी रुपैयाँ प्राप्त गर्ने

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वन क्षेत्रको वृद्धि र कार्बन सञ्चितिमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री ठकुरीले सामुदायिक वन व्यवस्थापन संरक्षित क्षेत्रहरूको विस्तार र राष्ट्रिय वन क्षेत्रको वन नीतिको फलस्वरुप वन क्षेत्र वृद्धिमा सकारात्मक परिणाम देखिएको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद प्रतिनिधि सभा सदस्य माधव सापकोटाले संसदमा गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले सन् २०२८ भित्र नेपालले १० अर्बभन्दा बढी नेपाली रकम प्राप्त गर्ने गरी काम थालनी भएको बताए ।

प्रतिनिधि सभा सदस्य सापकोटाले प्रतिनिधि सभाको नियमावलीको नियम ४० को उपनियम १ बमोजिम आजसम्मको तथ्याङ्कमा नेपालको वनक्षेत्रले ढाकेको क्षेत्र कति प्रतिशत पुग्यो ? वनबाट कार्बन उत्सर्जन घटाएर कार्बन सञ्चितिवापत् नेपालले हालसम्म कहाँबाट कति रकम प्राप्त गरिसकेको छ ? लगायतका प्रश्न सोधेका थिए ।

वन तथा वातावरण मन्त्री ठकुरीले पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल भूभागको करिब ४५.३१ दशमलव वन क्षेत्रले ओगटेको बताए ।

‘जसमा अदरवुडेड ल्याण्ड समेत समावेश हुँदा यो करिब ४६.०८ प्रतिशत पुगेको छ । सामुदायिक वन व्यवस्थापन संरक्षित क्षेत्रहरूको विस्तार र राष्ट्रिय वन क्षेत्रको वन नीतिको फलस्वरुप वन क्षेत्र वृद्धिमा सकारात्मक परिणाम देखिएको छ ।’ संसदमा प्रश्नको उत्तर दिँदै मन्त्री ठकुरीले भने, ‘वन क्षेत्रको विस्तारसँगै कार्बन सञ्चितिमा समेत उल्लेखनीय उपलब्धी हाँसिल भएको छ ।’

मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, अयोगबाट पायो अनुमति 

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘सङ्ग्रहालय’ विमोचन

विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग 

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।

यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो ।

एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाइमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पु¥याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो ।

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ५६ बजे

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान