आजका समाचार : एमालेमा नेतृत्वका लागि मतदान, प्रदीपले छोड्दा रघुलाई अवसर, योजना आयोगका पदाधिकारीको शपथ र युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक « Khabarhub

आजका समाचार : एमालेमा नेतृत्वका लागि मतदान, प्रदीपले छोड्दा रघुलाई अवसर, योजना आयोगका पदाधिकारीको शपथ र युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए

नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको अन्तिम सूची आएको छ।

पोखरेल प्यानलमा अध्यक्ष केपी शर्मा ओली समूह छाडेका आनन्द पोखरेल र अग्नि खरेल समेटिएका छन् । पोखरेललाई उपमहासचिवमा राखिएको छ भने खरेललाई सचिवमा राखिएको छ ।

यो टीमबाट अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा। विन्दा पाण्डे र परशुमेघी गुरुङलाई राखिएको छ । उता महासचिवमा सुरेन्द्र पाण्डे रहेका छन् । उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरी रहेका छन् ।

सचिवहरूतर्फ अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार रहेका छन् ।

एमालेमा नयाँ नेतृत्वका लागि साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

एमाले महाधिवेशनः यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो प्यानलमा समावेश गरेको छ।

ओली समूहका एक शीर्ष नेताका अनुसार उपमहासचिव प्रदिप ज्ञवाली उपाध्यक्ष पदमा नजाने भएपछि उनको स्थानमा पन्तलाई अघि सारिएको हो। पन्तले यसअघि उपाध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराइसकेका थिए।

महासचिव पद नपाएपछि ज्ञवालीले उपाध्यक्ष पद छाडेपछि उक्त स्थानमा पन्तलाई समेटिएको ती नेताले खबरहबसँग बताए।

‘भीम आचार्यभन्दा रघुजी पन्त उपयुक्त हुने निष्कर्षमा पुग्यौं। भूगोलगत सन्तुलनका हिसाबले पनि उहाँलाई समेटिएको हो,’ ती नेताले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पन्त हाम्रो टिमकै मान्छे हो भनेर फोनमार्फत स्पष्ट गर्नुभएको छ।’

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

एमाले महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि

पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा

एमालेको प्रचार : कोही छाता डुलाउँदै, कोही बाजा बजाउँदै (तस्बिरहरू)
एमाले महाधिवेशनमा नौमती बाजा

एमाले महाधिवेशन : नेतालाई काँधमा बोक्दै भोट माग्दै (तस्बिरहरू)

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ ९हाडा० ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज मंगलबार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरे । त्यसलगत्तै सदस्य हाडाले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरिन् ।

कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिइन् ।

मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

राष्ट्रिय झण्डा दिवस मनाइयो

आठौँ राष्ट्रिय झण्डा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२०१९ साल पुस १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अङ्गीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट रत्नपार्कसम्म र्‍याली निकालिएको थियो ।

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू)

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रूख काटियो

आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन् ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्याण्ड्स लगायत युरोपेली नेताहरूबाट समर्थन प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताएका छन् । उनीहरू अहिले रूसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन् र मलाई लाग्छ हामी पहिले भन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौँ ट्रम्पले भने ।

यसै बिच द्धन्द्धलाई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठुलो समर्थन प्राप्त भइरहेको उनले बताएका छन् । युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफल पछि ट्रम्पको टिप्पणी आएको हो ।

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ : थाइल्यान्ड

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते



































प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ५७ बजे

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८