आजका समाचार : मन्त्रीहरूद्वारा क्षतिग्रस्त संरचनाको निरीक्षण, सीके राउतको राजीनामा माग र गाजा छोड्न नयाँ मार्ग खुला | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रीहरूद्वारा क्षतिग्रस्त संरचनाको निरीक्षण, सीके राउतको राजीनामा माग र गाजा छोड्न नयाँ मार्ग खुला


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री

जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ बानेश्वरस्थित संसद् भवन अवलोकनमा तीन जना मन्त्री पुगेका छन् । संसद् भवन निरीक्षणका लागि ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाल पुगेका हुन् ।

उनीहरूले त्यहाँ पुगेको क्षतिको विवरण सुनेर पुनर्निर्माणको योजनाबारे कर्मचारी र सम्बन्धित अधिकारीहरूसँग संवाद गरेका हुन् ।

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

जलसतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू)

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन्। जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरूप हुन दिनुभएन, यथाशक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारिसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरूप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरूलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।’ मन्त्री घिसिङले भनेका छन्।

उनले विनाशबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारिसाधन तुरुन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुख अपसरा चापागाइँलाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

जेन-जी आन्दोलनका सहिदलाई एमालेको श्रद्धाञ्जली, महासचिव पोखरेल भन्छन्- एमाले युवाको पार्टी हो

कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्रयाक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारिसाधन जलेको उनको भनाइ छ ।

त्यसैगरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । उनका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीनवटा निजी मोटसाइकल जलेर नष्ट भएका छन् ।

तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन् । घोराही उपमहानगरमा दुईवटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन् ।

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बालियो दीप

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।

बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१)र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।

फाइल फोटो

त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।

कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसहित गुल्मीका तीन मुख्य सडक अवरुद्ध

हेटौँडा उपमहानगरद्वारा नियमित सेवा प्रवाहको तयारी 

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

कर्णाली राजमार्ग सञ्चालन

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरू हत्या भएका छन् । मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, तीमध्ये करिब एक तिहाइ घटना कोलम्बियामा भएका छन् ।

यो सङ्ख्या सन् २०२३ को १९६ भन्दा कम भए पनि, यसले रक्षकहरूको अवस्था सुधारिएको भन्ने सङ्केत नदिने गरी धेरै देशमा यस्ता घटनाहरू पूर्ण रूपमा रिपोर्ट नहुने समस्या रहेको संस्थाले जनाएको छ ।

प्रतिवेदनमा ल्याटिन अमेरिका क्षेत्रमा सबैभन्दा बढी यस्ता घटना भएका उल्लेख भएको र कोलम्बिया वातावरणीय रक्षकहरूको लागि विश्वकै सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ ।

यी रक्षकहरूमा साना किसान, आदिवासी समुदायका सदस्य, पत्रकार, कानुन व्यवसायी, वन रक्षक लगायत भूमिको संरक्षणमा काम गर्ने विभिन्न व्यक्ति पर्छन् ।

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार























प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : ४९ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित