सन् २०३५ सम्ममा ६२ देखि ७० प्रतिशत उत्सर्जन कटौती गर्ने अस्ट्रेलियाको नयाँ लक्ष्य « Khabarhub

सन् २०३५ सम्ममा ६२ देखि ७० प्रतिशत उत्सर्जन कटौती गर्ने अस्ट्रेलियाको नयाँ लक्ष्य


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा- अस्ट्रेलियाले सन् २०३५ सम्ममा आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को स्तरभन्दा ६२ प्रतिशतदेखि ७० प्रतिशतसम्म कम गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेको छ ।

यो लक्ष्य सन् २०३० सम्ममा ४३ प्रतिशत कटौती गर्ने र २०५० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतासँग जोडिएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो सरकारको नयाँ योजना आगामी संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रस्तुत गर्ने बताए । उनले यसलाई ‘विज्ञानद्वारा समर्थित, व्यावहारिक योजनामा आधारित र प्रमाणित प्रविधिमा निर्मित जिम्मेवार लक्ष्य’ भएको बताए । उनका अनुसार यो कदम वातावरण, अर्थतन्त्र, रोजगारी र भावी पुस्ताको हितमा हुनेछ ।

अल्बानिजले लक्ष्य युरोपेली सङ्घ इयुसँग अनुरूप रहेको उल्लेख गरे । इयुले सन् १९९० को स्तरभन्दा ६३ प्रतिशतदेखि ७० प्रतिशतसम्म कटौती लक्ष्यबारे विचार गरिरहेको छ । जलवायु परिवर्तन प्राधिकरणका अध्यक्ष म्याट किनले अस्ट्रेलियाको लक्ष्य ‘धेरै उन्नत अर्थतन्त्रहरूभन्दा उच्च महत्त्वाकांक्षा’ भएको बताए ।

तर यसबारे मिश्रित प्रतिक्रिया आएको छ । वातावरणीय समूहहरूले ७० प्रतिशतभन्दा माथिको कटौतीको माग गरेका छन् । यद्यपि व्यापारिक निकायहरूले त्यसले अर्बौं डलरको निर्यात जोखिममा पार्ने चेतावनी दिएका छन् । अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख एन्ड्र्यु म्याककेल्लरले यसलाई ‘महत्त्वाकांक्षी’ भने पनि ऊर्जा लागत, सुरक्षा र किफायतीपन प्रमुख चुनौती हुने बताए ।

कन्जर्भेटिभ विपक्षी लिबरल पार्टीले भने सरकार सन् २०३० को लक्ष्य नै पुरा गर्न असफल हुने भन्दै सन् २०३५ को लक्ष्यलाई ‘काल्पनिक’ भनेको छ । विपक्षी नेता सुसान लेले अस्ट्रेलियालीहरू प्रधानमन्त्रीप्रति निराश भएको दाबी गरिन् ।

ग्रिन्स नेत्री सिनेटर लारिसा वाटर्सले वास्तविक कटौती ६२ प्रतिशत मात्र हुने भन्दै यसलाई ‘भयावह रूपमा कम’ भनिन् । उनले सरकार कोइला र तरलीकृत ग्यास निर्यातबारे मौन रहेको आरोप लगाए । कोइला र तरलीकृत ग्यास विश्वकै ठूलो जीवाश्म इन्धन आपूर्तिमध्ये एक हो ।

सरकारले भने अस्ट्रेलिया सन् २०३० को लक्ष्य हासिल गर्ने बाटोमै रहेको र सन् २०३५ को लक्ष्य व्यावहारिक रूपमा सम्भव हुने दाबी गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ५१ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र