आजका समाचार : संवादबिना चुनावको वातावरण नबन्ने ओलीको चेतावनी, मिराजको पार्टीले चुनाव नलड्ने र गाजाबाट बन्धकको शव फिर्ती जारी | Khabarhub Khabarhub

आजका समाचार : संवादबिना चुनावको वातावरण नबन्ने ओलीको चेतावनी, मिराजको पार्टीले चुनाव नलड्ने र गाजाबाट बन्धकको शव फिर्ती जारी


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैन : ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उनले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताएका हुन् ।

‘जेन(जी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्, तर त्यसका नाममा हिंसा मच्चाउने तत्त्वले गरेका अराजक क्रियाकलापको हामी समर्थन गर्न सक्दैनौँ । समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन’, ओलीले भने, ‘हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ । लोकतन्त्रका लागि लडेर आएका दल हौँ । लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनःस्थापना गर्न लाग्नेछौँ । त्यसका लागि एमाले सक्रिय रहनेछ ।’

उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे। गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन् । आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएको छ ।

अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्छ : ओली

अटोमेटिक गन र एक लाख गोली लुटिएको छ, कैदी फरार छन्; फागुन २१ मा चुनाव हुँदैन : ओली

जेन-जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड

जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी हुन् : वर्षमान

स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायलाई राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे।

अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । उनले पूर्ण तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने बताए।

  जेन-जी युवालाई प्रचण्डको आग्रह- मित्र र दुस्मन छुट्याउनू

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

नागरिक समूहको अध्यक्षमा दाहाल

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ

अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग भेट

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा मिराज र उनका समूहका केही सदस्यहरूको उपस्थिति रहेको छ ।

पत्रकार सम्मेलनमा मिराजले पार्टी खोलेपनि निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । उनले आफ्नो समूहको बटमलाइन नै प्रत्यक्ष निर्वाचित कार्यकारी रहेकाले तत्कालीन अवस्थामा निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

उनले जेन-जी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे । उनले जेन-जी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे ।

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

जेन-जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

जेनजी अगुवा मिराजले पार्टी खोल्दै

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

स्वास्थ्यमन्त्री पाठक सुटुक्क फार्मेसीमा पुगेपछि
बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज फार्मेसीमा पुगे ।

बिहीबार अस्पताल फार्मेसीमा पुगेका स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुलगायतका बिरामीले औषधि नपाएको गुनासो समाचारसमेत सार्वजनिक भएको थियो । उनी आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा आएका हुन् ।

सुटुक्क फार्मेसीमा पुगेका पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्न सकेनन् । मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन औषधि खरिद नगरेको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फामेर्सी इन्चार्जलाई प्रश्न गरे।

अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासोपछि मन्त्री पाठकले निजी फार्मेसी र प्रयोगशाला रोज्ने कि अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गरेका थिए ।

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

प्रहरीको घेरामा राजावादी समुह (तस्बिरहरू) 

फूलखेतीबाट चार करोड आम्दानी

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

कञ्चनपुर–कमला सडक : दुईपटक म्याद थपिँदा पनि प्रगति ६७ प्रतिशत

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

पाकिस्तानी हवाई आक्रमणमा ३ अफगान क्रिकेटरको मृत्यु, सीमाक्षेत्रमा फेरि तनाव

अफगानिस्तानको पक्टिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा तीन जना क्लबस्तरीय अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ । यो आक्रमणमा चार जना घाइते भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) ले घटनाको पुष्टि गर्दै यसलाई देशको स्थानीय क्रिकेट समुदायका लागि विनाशकारी क्षति भनेका छन्।

अधिकारीका अनुसार खेलाडीहरू शराना, प्रान्तीय राजधानीमा भएको स्थानीय प्रतियोगिता खेलिसकेपछि अर्गुन जिल्ला फर्किएका थिए। उनीहरू रातको भोजमा सहभागी भइरहेका बेला पाकिस्तानी सेनाले बम आक्रमण गरेको बताइन्छ । मृतक खेलाडीहरूलाई अफगान क्रिकेटको आत्मा बोकेका युवा प्रतिभा भनेर वर्णन गरिएको छ ।

अफगान फास्ट बलर फजलहक फारुकीले ‘एक्स’ मा लेख्दै आक्रमणको कडा निन्दा गरेका छन्। उनले भनेका छन्, ‘नागरिक र हाम्रा घरेलु क्रिकेट खेलाडीहरूको सामूहिक हत्या अत्यन्तै जघन्य र क्षम्य नहुने अपराध हो । अल्लाहले शहीदहरूलाई उच्च स्थान प्रदान गरून् । खेलाडी र नागरिकहरूको हत्या गौरव होइन, यो गम्भीर कलङ्क हो । अफगानिस्तान जिउँदो रहोस् ।’

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० जनाभन्दा बढी मारिए

क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता

मेक्सिको–युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागू हुने

गाजाबाट बन्धकको शव फिर्तीः द्विपक्षीय सहकार्य जारी

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु





















प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ७ : १४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार