अन्ततः चीनले प्रयोगशालामा बनायो ‘सुपर डायमण्ड’ « Khabarhub

अन्ततः चीनले प्रयोगशालामा बनायो ‘सुपर डायमण्ड’


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कल्पना गर्नुहोस् त यदि त्यहाँ प्राकृतिक हीरा भन्दा धेरै कडा हीरा बनाउन सकियो भने के होला ? हो, हालै चिनियाँ वैज्ञानिकहरूले यसलाई वास्तविकता बनाएर छाडेका छन् । 

यो एक साधारण हीरा मात्र होइन, यो असाधारण यसकारण छ कि यो एक कृत्रिम हीरा हो, जुन यसको कडाइ कुनै पनि प्राकृतिक हीरा भन्दा धेरै छ । 

यस अघि प्रयोगशालामा यस्तो हीरा बनाउन धेरै प्रयास नगरिएको होइन तर पनि सफलताको कथा कहिल्यै पूरा हुन सकेको थिएन, जो अहिले चीनले पुरा गरेर देखाएको छ । उसो भए, यो हिरा सामान्य हीराभन्दा कसरी फरक छ र भविष्यमा यसलाई गहनामा पनि प्रयोग गर्न सकिन्छ त ?

‘सुपर डायमण्ड’ के हो ?

साधारण हीराको परमाणु संरचनामा निकै घनत्व हुन्छ, जसको कारण तिनीहरू कडा हुन्छन्। तर एक दुर्लभ हेक्सागोनल संरचना अझ कडा हुन्छ, जसलाई लन्स डेलाइट भनिन्छ ।

यो संरचना सामान्यतया उल्का पिण्डको टक्करबाट मात्र बनेको हुन्छ र वैज्ञानिकहरूले यसै रूप आकार र गुणको हिरा बनाउनलाई प्रयोगशालामा सधैँ कठिनाइको सामना गर्नु परिरहेको थियो ।

तर, चीनको जिलिन विश्वविद्यालयका वैज्ञानिकहरूले यो दुर्लभ र कडा हीरा बनाउन सफल भएका छन्। तिनीहरूले विशेष परिस्थितिहरूमा ग्रेफाइट कम्प्रेस गरेर उच्च गुणस्तरको ‘हेक्सागोनल डायमन्ड’ बनाउन सफल भएका हुन् ।

यस कृत्रिम हीराको कठोरता १५५ जिपिए मापन गरिएको छ भने जबकी प्राकृतिक हीराको घनत्व र कडाइपना  १०० जीपीए मात्र हुन्छ । यति मात्र होइन, यो हीरा १ हजार १ सय डिग्री सेल्सियससम्मको तापक्रम पनि सहन सक्षम रहेको जनाइएको छ ।

जुन सामान्य हीराको भन्दा धेरै क्षमता हो। यसको मतलब यो हीरा कडा मात्र होइन, उच्च तापक्रममा पनि यसको गुणहरू कायम राख्न सफल रहेको छ ।

यस कृत्रिम हीराको विशेषताहरूले यसलाई काट्ने र ड्रिलिंग जस्ता औद्योगिक प्रक्रियाहरूको लागि ल्याउन सजिलो बनाएको छ । चिनियाँ वैज्ञानिकहरू विश्वास गर्छन् कि यो खोजले खानी र निर्माण जस्ता धेरै क्षेत्रमा परिवर्तन ल्याउन सक्छ र यसलाई मुख्यतया: चिकित्सा उपकरणहरूमा धेरै नै प्रयोग गर्न सकिन्छ। 

साथै, यस अध्ययनले हीरा निर्माणको विधिको बारेमा विश्वलाई नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। यस प्रक्रियाले भविष्यमा उच्च गुणस्तरको कडा सामग्री उत्पादन गर्न सम्भव बनाउन सक्छ, जुन औद्योगिक र अन्य क्षेत्रका लागि लाभदायक साबित हुन सक्ने जनाइएको छ । 

अहिलेसम्म प्रयोगशालामा ‘हेक्सागोनल डायमण्ड’ बनाउनमा खासै सफलता नआए पनि यो नयाँ उपलब्धिसँगै वैज्ञानिकहरू अझ राम्रो उत्पादन प्रविधिको आशामा रहेका छन् ।

यसको औद्योगिक उपयोग स्पष्ट छ तर वैज्ञानिकहरूले अर्को रोचक सम्भावना पनि व्यक्त गरेका छन्। यो सम्भव छ कि भविष्यमा यो ‘सुपर डायमण्ड’ गहना मा पनि प्रयोग हुन सक्छ। , तर, अहिले यसको मुख्य फोकस भने औद्योगिक प्रयोगमा रहेको भए पनि प्रविधिको विकाससँगै गहनाको प्रयोगमा पनि यसको प्रयोग हुन सक्ने जनाइएको छ । –न्युजकारखानाबाट

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : ५३ बजे

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ